२० माघ २०८२, मंगलबार | February 3, 2026

संकटमा परेको राज्यलाई उद्योगी व्यवसायीहरुको साथ, धमाधम कर तिर्दै



काठमाडौं । सरकारले कर तिर्न दिएको समय सीमाप्रति असन्तुष्टि जनाएका उद्योगी व्यवसायीहरुले स्वतस्फूर्त रुपमा कर तिरेर राज्यलाई सहयोग गरेका छन् ।

उद्योगी व्यवसायीहरुले असार महिना सुरु भएसँगै धमाधम कर तिर्न थालेका हुन् । सर्वोच्च अदालतले केही दिन अघि लकडाउनका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई तत्काल कर तिर्न बाध्यन नबनाउन निर्देशन दिएको थियो ।

कर तिर्ने समयसीमा तोकेको सरकारको निर्णय तत्काल कार्यान्वयन नगराउन भन्दै सर्वोच्चले उद्योगी व्यवसायीको पक्षमा निर्णय दिएपनि उनीहरुले राज्य संकट परेको बेलामा सहयोग गर्नुपर्ने भन्दै स्वतस्फूर्त रुपमा कर तिर्न थालेका हुने ।

उद्योगी व्यवसायीको यो कामबाट संकटको बेलामा राज्यलाई सबैको साथ मिल्छ भन्ने सकारात्मक सन्देश प्रवाह भएको छ ।

अहिले सबै करदाता कार्यालयहरुमा व्यवसायीहरुको चहलपहल बढेको छ । आइतबार मात्रै सूर्य नेपालले ९० करोड कर तिरेको छ । एनसेलले १ अर्ब २२ करोड कर तिरेको छ । नेपाल टेलिकमले पनि ९२ करोड रुपैयाँ कर तिरिसकेको छ ।

सूर्य नेपालजस्तै ठूला व्यवसायीहरुले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर तिर्न थालेका हुन् । जसका कारण जेठ महिनामा अति न्यून रहेको राजस्व संकलन असारको पहिलो सातामै ह्वात्तै माथि आएको छ । सात दिनभित्र ठूला करदाता कार्यालयले मात्रै ९ अर्ब भन्दा बढी राजस्व संकलन गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आफ्ना सदस्यहरुलाई राज्यलाई निमानुसार बुझाउनुपर्ने कर बुझाउन आग्रह गरेका थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आम्दानीले खर्च धान्न मुस्किल परेको संसदमै बताएका थिए । दैनिक खर्च धान्न मुस्किल परेपछि सरकारले हालसम्म सरकारले १ सय ६५ अर्ब भन्दा बढि आन्तरिक ऋण उठाइसकेको छ।

उद्योगी व्यवसायीहरुले पनि राज्यलाई समयमै कर तिरेर संकटबाट जोगाउन प्रयत्न गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : ०७ बजे

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक