१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

श्रम शोषण गर्ने मिडिया मालिकका बिरुद्ध पत्रकार महासंघले आन्दोलन गर्दै



काठमाडौं । लामो समय देखि श्रमजिवी पत्रकारको श्रम शोषण गर्दै आएका नेपालका केहि मिडिया हाउसहरुले लकडाउनको बहानमा पत्रकारहरुलाई जबर्जस्ती बेतलबी बिदामा बस्न लगाउने, काममा नआउन मौखिक आदेश दिने, कामबाट हटाउने जस्ता कार्य गरेपछि नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलन थालेको छ ।

पहिलो चरणमा समस्या समाधानका लागि मिडिया हाउसका सञ्चालकलाई पत्राचार गरेको महासंघले दोस्रो चरणबाट दबाब मुलक आन्दोलन गर्ने तयारी गरेको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले श्रमजीवी पत्रकारको हकहितविरुद्ध कुनै पनि सम्झौता नगर्ने बताए। उनले महासंघले धर्ना बस्नेसम्मका विभिन्न दबाब मुलक कार्यक्रमको तयारी गरेको जानकारी दिए। आवश्यक परेमा मिडिया सञ्चालकको घरमा पुगेर धर्ना बस्ने तयारी पनि हाम्रो छ ।ु उनले भने । मिडीया मालिकको घरको मुल गेटमा कालो झण्डा गरेर धर्ना बस्ने गरि दबाव सिर्जना गरिने उनले भने ।

सहुलियत दिनुपर्ने ठाउँमा सेवा सुविधा कटौती गर्ने काम भएको जानकारी दिँदै महासंघ अध्यक्ष आचार्यले अब विभिन्न सेवा सुविधा बञ्चितदेखि कानुनी कारबाहीका लागि पहल पनि गरिने चेतावनी दिए । आम जनताको शोषणको कुरा उठाउने मिडिया हाउसले नै श्रम शोषण गर्छ भने त्यस्ता मिडिया मालिकलाई सामाजिक बहिस्कार गर्नु पर्छ । अध्यक्ष आचार्यले भने ।

एक दुई महिनालाई पनि धान्न नसक्ने मिडिया हाउसको औचित्य नभएको निष्कर्ष निकालेर महासंघ कानुनी तथा दबाब मुलक आन्दोलन गर्ने तयारीमा लागेको महासंघले जनाएको छ ।

पत्रकार महासंघका अन्य पदाधिकारीले पनि मिडिया सञ्चालको आकाशिदो आर्थिक अवस्था र मिडियाको आवरणमा हुने अन्य क्रियाकलापलाई पनि राज्यका निकायमा लिखित उजुरी दिएर छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । ठूलो भनिएका सञ्चार संस्थामा श्रमको धेरै समस्या देखिएको छ ।

कान्तिपुर दैनिक, अन्नपूर्णपोष्ट दैनिक, उज्यालो रेडियो नेटवर्क, माउन्टेन टेलिभिजन, हिमालय टेलिभिजन, न्युज २४ टेलिभिजन, नागरिक दैनिक, एपिवान टेलिभिजन, कान्तिपुर टेलिभिजन र नयाँ पत्रिका दैनिकका पत्रकारले महासंघमा लिखित उजुरी दर्ता गरेका छन् । महासंघले जुनसुकै श्रम समस्या भएमा महासंघमा उजुरी गर्न सबै पत्रकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : १८ बजे

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान