५ पुस २०८२, शनिबार | December 20, 2025

श्रम शोषण गर्ने मिडिया मालिकका बिरुद्ध पत्रकार महासंघले आन्दोलन गर्दै



काठमाडौं । लामो समय देखि श्रमजिवी पत्रकारको श्रम शोषण गर्दै आएका नेपालका केहि मिडिया हाउसहरुले लकडाउनको बहानमा पत्रकारहरुलाई जबर्जस्ती बेतलबी बिदामा बस्न लगाउने, काममा नआउन मौखिक आदेश दिने, कामबाट हटाउने जस्ता कार्य गरेपछि नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलन थालेको छ ।

पहिलो चरणमा समस्या समाधानका लागि मिडिया हाउसका सञ्चालकलाई पत्राचार गरेको महासंघले दोस्रो चरणबाट दबाब मुलक आन्दोलन गर्ने तयारी गरेको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले श्रमजीवी पत्रकारको हकहितविरुद्ध कुनै पनि सम्झौता नगर्ने बताए। उनले महासंघले धर्ना बस्नेसम्मका विभिन्न दबाब मुलक कार्यक्रमको तयारी गरेको जानकारी दिए। आवश्यक परेमा मिडिया सञ्चालकको घरमा पुगेर धर्ना बस्ने तयारी पनि हाम्रो छ ।ु उनले भने । मिडीया मालिकको घरको मुल गेटमा कालो झण्डा गरेर धर्ना बस्ने गरि दबाव सिर्जना गरिने उनले भने ।

सहुलियत दिनुपर्ने ठाउँमा सेवा सुविधा कटौती गर्ने काम भएको जानकारी दिँदै महासंघ अध्यक्ष आचार्यले अब विभिन्न सेवा सुविधा बञ्चितदेखि कानुनी कारबाहीका लागि पहल पनि गरिने चेतावनी दिए । आम जनताको शोषणको कुरा उठाउने मिडिया हाउसले नै श्रम शोषण गर्छ भने त्यस्ता मिडिया मालिकलाई सामाजिक बहिस्कार गर्नु पर्छ । अध्यक्ष आचार्यले भने ।

एक दुई महिनालाई पनि धान्न नसक्ने मिडिया हाउसको औचित्य नभएको निष्कर्ष निकालेर महासंघ कानुनी तथा दबाब मुलक आन्दोलन गर्ने तयारीमा लागेको महासंघले जनाएको छ ।

पत्रकार महासंघका अन्य पदाधिकारीले पनि मिडिया सञ्चालको आकाशिदो आर्थिक अवस्था र मिडियाको आवरणमा हुने अन्य क्रियाकलापलाई पनि राज्यका निकायमा लिखित उजुरी दिएर छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । ठूलो भनिएका सञ्चार संस्थामा श्रमको धेरै समस्या देखिएको छ ।

कान्तिपुर दैनिक, अन्नपूर्णपोष्ट दैनिक, उज्यालो रेडियो नेटवर्क, माउन्टेन टेलिभिजन, हिमालय टेलिभिजन, न्युज २४ टेलिभिजन, नागरिक दैनिक, एपिवान टेलिभिजन, कान्तिपुर टेलिभिजन र नयाँ पत्रिका दैनिकका पत्रकारले महासंघमा लिखित उजुरी दर्ता गरेका छन् । महासंघले जुनसुकै श्रम समस्या भएमा महासंघमा उजुरी गर्न सबै पत्रकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : १८ बजे

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक