१ मंसिर २०८२, सोमबार | November 18, 2025

पिसिआर ल्याब सञ्चालन स्वीकृत



भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले कोरोना भाइरस परीक्षणका लागि पोलिमराइज चेन रिएक्सन (पिसिआर) ल्याब सञ्चालनको स्वीकृति पाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हिजो (सोमबार) सो अस्पतालमा कोभिड–१९ को परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि अनुमति दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले हस्ताक्षर गरी पिसिआर सञ्चालनको अनुमति प्रदान गर्नुभएको हो । नगरपालिका यसअघि नै पिसिआर ल्याब सञ्चालनमा ल्याएर ७७१ जनाको कोरोना परीक्षण गरे पनि अनुमति नपाउँदा अन्योलमा परेको थियो ।

अस्पतालमा स्थापना भएको ल्याब र यसको भौतिक संरचनाको विज्ञसहितको टोलीले तीन पटक अनुगमन गरी विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ल्याबको सबै पूर्वाधार पूरा गरेपछि आज कोरोना परीक्षणको स्वीकृत पाएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाका अनुसार निर्देशक डा झा, डा रितु अमात्य, डा पियुश राजभण्डारी, डा मुकुन्दा शर्मा, लिली श्रेष्ठ ढुङ्गेललगायतको टोलीले अनुगमन गरी मापदण्डअनुसारको पूर्वाधारको व्यवस्था गरेपछि स्वीकृति पाएको हो ।

यसअघि भक्तपुर अस्पतालमा सङ्कलन भएको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदै आएकामा अब भक्तपुरको परीक्षण यही ल्याबमा मङ्गलबारदेखि नै परीक्षण शुरु गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘पिसिआर परीक्षणको स्वीकृत पाएका छौँ,’ भोलिबाट भक्तपुरको स्वाब यहीबाट परीक्षण हुन्छ, यही अस्पतालमा पनि स्वाब सङ्कलन एवं परीक्षण गर्नेछौँ, टेकुको प्रयोगशालामा भएको भीड कम गर्न अन्य जिल्लाको स्वाब पनि यही आउने विश्वास गरेका छौँ ।’

अब नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नै कोरोना भाइरस परीक्षण गर्न शुरु भएपछि यो अस्पताल कोरोना भाइरस परीक्षण गर्ने जिल्लामै पहिलो अस्पताल बनेको छ । नगरपालिकाले अस्पतालमा विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेशनदेखि क्वारेन्टिनसम्म तयारी अवस्थामा राखेको छ ।

नगरपालिकाले अस्पतालको अगाडि छुट्टै घर भाडामा लिएर पोलिमराइज चेन रिएक्सन (पिसिआर) मेशिनसहितको ल्याब सञ्चालनमा ल्याएको छ । अस्पतालले कोरोनाको उपचारका लागि चार भेन्टिलेटरसहितको सघन उपचार कक्ष र १६ आइसोलेशन वार्ड निर्माण गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो, ‘अस्पतालमा २६ डाक्टर र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीको टोलीलाई आवासीय सुविधासहित २४सै घण्टा अलर्टमा राखेका छौँ, कोरोना परीक्षण अब यही अस्पतालबाट शुरु गरिसक्यौँ, छ श्ययाको आइसोलेशन वार्ड सञ्चालनमा ल्याइसकेका छौँ, १० श्ययाको आइसोलेशन वार्ड तयारी अवस्थामा राखेका छौँ, उपचारका लागि हामी पूर्णरुपमा तयार छौँ ।’

उहाले पिसिआर परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिँदै मङ्गलबारदेखि दैनिक पिसिआर परीक्षण गर्ने बताउनुभयो । रासस

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ४० बजे

सुरक्षा चुनौती निस्तेज पार्ने रणनीति बनाउन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतीको

काठमाडौं अवतरण हुन नसक्दा नेपाल वायुसेवा निगमका जहाज अव भैरहवा ‘डाइभर्ट’ हुने

काठमाडौं । विभिन्न कारणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुन नसक्दा

नेपालगन्जमा सर्वाधिक कर तिर्ने वेष्टर्न अस्पताललाई कर कार्यालयको सम्मान

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालय नेपालगन्जबाट आर्थिक वर्ष २०८०/०८१ मा

जेनजी आन्दोलनका क्रममा नेपालगन्जमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जना पक्राउ

नेपालगन्ज । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा नेपालगन्ज

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत