१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

म्यानचेस्टर सिटीको प्रभावशाली जितले लिभरपुलको उपाधि यात्रा पछि धकेलियो



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले बर्नलीलाई ५–० ले परजित गरेको हो ।

पहिलो हाफमा तीन गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो उसका लागि फिल फोडिन र रियाद महरेजले दुई–दुई गोल गरे। यस्तै डेविड सिल्भाले एक गोल गरे ।

फोडिनले २२ र ६३ औँ तथा महरेजले ४३ र पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । सिल्भाले ५१ औँ मिनेटमा गोल गरे ।

म्यानचेस्टर सिटीको यो जितले लिभरपुलको चाँडै नै उपाधि पक्का गर्ने यात्रा केही पर धकेलिएको छ। यो जितका कारण आउँदो खेलमा विजयी हुँदैमा लिभरपुलले उपाधि पक्का गर्न नपाउने भएको छ ।

दोस्रो स्थानको सिटीको जितपछि ३० खेलबाट ६३ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको समान खेलबाट २० अंक बढी रहेको छ । ११ औँ स्थानको बर्नलीको ३० खेलबाट ३९ अंक रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ०७ बजे

कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन : राप्रपा जिल्ला अध्यक्ष राणा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका

राष्ट्र बैंकले माग्यो कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकसँग स्पष्टीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष

“निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्छ”

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा