१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

लकडाउन कोसेली सार्बजनिक (भिडियो सहित)



बुटवल । श्रीनगर फिल्मस् प्रोडक्सन प्रालि, बुटवलले कोरोना रोगको कारण संसार त्राहिमाम् भएको अवस्थामा सोही रोगका कारण आमनागरिकमा पर्न गएको असर र बच्ने उपायहरुका सन्दर्भमा तीजको कोसेली लकडाउन बजारमा ल्याएको छ ।

कोरोनाले नेपाली नागरिकहरुले पाएको दुःखकष्ट,भोकभोकै सुत्न परेको मजदुरको पीडा,घरपरिवारबीच कोरोनाका कारण मनोवैज्ञानिक असर, राहतपनि नपुग, विदेशमा बसेका नेपालीहरुलाई घरमा बसेका आमाबाबाले सम्झिएर रुदै बसेका कथा, विहे/व्रतबन्ध रोकिएको,मलामी जान समेत डराउनु परेको र छरछिमेकीले समेत ज्वरो, हाँछ्यू आउँदा पनि गलत नियतले हेर्ने गरेका र संसारमा ठूलो धन मान्ने चलनलाई कोरोनाले तोड्दिएको समेत गीतमा समेटिएको छ ।

भावुकमात्र छैन गीत, सन्देशमूलक छ । कोरोनाको कहरबाट मुक्ति पाउनका लागि समेत यो गीतले नयाँ सन्देश प्रवाह गरेको छ । कोरोनाबाट बच्न र यसले पार्ने नकारात्मक असरबाट जोगिन समेत गीतले सबैलाई अनुरोध गरेको छ ।

कोरोनाका कारण लकडाउन भएको अवस्थामा समेत बुटवलमै रेकर्डिङ्ग, स्थानीय रमणीय क्षेत्रहरुमा छायाँकन, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको सो तीज कोसेली स्वरुप लकडाउन बजारमा ल्याइ पु¥याइएको श्रीनगर फिल्मस् प्रोडक्सन प्रालिका प्रवन्ध निर्देशक मनीष पन्थले बताउनुभयो ।

चर्चित गीतकार चिरन बरालको गीत/संगीत, लोकप्रिय गायिका प्रिया भण्डारीको स्वर, नृत्य निर्देशक लोकेन्द्र शाह र मनीष पन्थको छायाँकन, निर्देशन र सम्पादन रहेको उक्त लकडाउन तीजको उत्कृष्ट कोसेलीको रुपमा मंगलबार बजारमा आइपुगेको छ ।

भिडियो सहित

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १० : ५१ बजे

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास