२८ चैत्र २०८२, शनिबार | April 11, 2026

भारत-चीनको विवादित लद्दाख क्षेत्रबाट दुबै देशका सेना पछि हट्न सहमत



एजेन्सी । भारत र चीनले विवादित सीमा क्षेत्रबाट आआफ्ना सेना फिर्ता गर्ने विषयमा सहमति गरेका छन् । पूर्वी लद्दाखको गलवान उपत्यकामा जुन १५ मा दुवै सेनाबीच झडप भएपछि भएको सैनिक कमाण्डरबिचको वार्तामा दुवै देशका सेना बिबादीत स्थानबाट पछि हट्ने सहमति भएको बिबिसीले जनाएको छ।

भारतीय सञ्चारमाध्यमले पनि भारत र चीन दुवै देशले आआफ्ना सैनिक विवादित क्षेत्रबाट फिर्ता गर्ने सहमति गरेका जनाएका छन् । दुवै सेनाबीचको जुन १५ को हिंसात्मक झडपमा एक उच्च अधिकारीसहित भारतीय सेनाका २० जनाले ज्यान गुमाएका थिए ।

जुन २२ मा भएको अधिकारीहरुको वार्ता मैत्रीपूर्ण, सकारात्मक र संरचनात्मक वातावरणमा सम्पन्न भएको बिबिसीले लेखेको छ ।

बिबिसीका अनुसार पूर्वी लद्दाखका सबै द्वन्द्व क्षेत्रहरुमा सेनाको पछाडि फर्कनेबारे छलफल भएको थियो र दुबै पक्षले यसलाई अगाडि बढाउने छन ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानलाई उदृध गर्दै चिनियाँ अखबार पीपुल्स डेलीले चीन र भारतीय सेनाको कमाण्डर बीचको दोस्रो बैठक जून २२ मा भएको छ र वार्ता र परामर्श मार्फत बैठकमा भएको मतभेद समाधान र तनाव कम गर्ने सहमति भएको समेत बिबिसीले दाबी गरेको छ ।

भारतमा प्रमुख प्रतिपक्ष भारतीय कांग्रेसले लगातार मोदी सरकारको बिदेशनिती असफल भएको आरोप लगाउंदै आएको छ । कांग्रेस आईका पुर्व अध्यक्ष राहुल गान्धीले मंगलबार कांग्रेस कार्यसमितिको बैठकमा केन्द्र सरकारमाथि प्रश्न उठाएका छन् ।

कांग्रेस सांसदले चीनले लद्दाखमा उठाएका कदमहरू केन्द्रीय सरकारको विदेश नीति असफलताको परिणाम भएको बताएका छन् । गान्धीले प्रधानमन्त्री मोदीले स्थापित कूटनीतिको पूर्वाधार भत्काएको आरोप समेत लगाए।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : २७ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र