५ श्रावण २०८३, मंगलबार | July 22, 2026

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री



एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको आर्टेमिस-२ मिशन सफलतापूर्वक सम्पन्न भएको छ ।

१० दिनसम्म चन्द्रमाको परिक्रमा गरेर चार अन्तरिक्ष यात्री सवार ‘ओरायन’ क्रु क्याप्सुल नेपाली समयअनुसार शनिबार बिहान प्रशान्त महासागरमा सुरक्षित अवतरण गरेको नासाले जनाएको छ ।

अमेरिकी नौसेनाको सहयोगमा सान डिएगो नजिकै समुद्रमा अवतरण गरेको क्याप्सुललाई उद्धार टोलीले तीव्र गतिमा सुरक्षित गर्ने कार्य अघि बढाएको छ । हेलिकप्टरबाट खिचिएका दृश्यहरूमा क्याप्सुल समुद्रमा तैरिरहेको देखिएको छ ।

ऐतिहासिक मिशनको नेतृत्व कमाण्डर रीड वाइजम्यानले गरेका थिए । चालक दलमा पाइलट भिक्टर ग्लोभर, मिशन विशेषज्ञ क्रिस्टिना कोच तथा क्यानेडियन अन्तरिक्ष एजेन्सीका जेरेमी ह्यान्सन सहभागी थिए ।

सन् १९७० मा सम्पन्न एपोलो-१७ मिशनपछि चन्द्रमाको यात्रा गरी सुरक्षित पृथ्वीमा फर्कने यी पहिलो मानव बनेका छन् । अवतरणपछि कमाण्डर वाइजम्यानले सबै सदस्य स्वस्थ रहेको जानकारी दिएका छन् ।

हाल अन्तरिक्ष यात्रीहरूलाई बाहिर निकाल्नुअघि क्याप्सुलको विद्युतीय प्रणाली बन्द गर्ने तथा अन्य प्राविधिक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ । नौसेनाले इन्फ्लेटेबल प्लेटफर्मको सहायताले सुरक्षित रूपमा चालक दललाई बाहिर निकाल्ने तयारी गरेको छ ।

यस मिशनको सफलतासँगै नासाले सन् २०२७ मा प्रक्षेपण गर्ने आर्टेमिस-३ मिशनको तयारी सुरु गर्ने जनाएको छ, जसको उद्देश्य चन्द्रमामा दीर्घकालीन मानव उपस्थिति स्थापना गर्दै भविष्यमा मंगल ग्रहसम्मको यात्रा सम्भव बनाउनु हो ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ८ : ३३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं