१५ मंसिर २०७९, बिहिबार | December 1, 2022

बाहिरबाट काठमाडौं उपत्यका आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने



काठमाडौं । उपत्यकाबाहिरबाट काठमाडौं आउनेहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन जारी गरेको छ ।

गृहमन्त्रालयले मंगलबार उपत्यकाभित्रका तीन जिल्ला प्रशासनलाई परिपत्र जारी गर्दै बाहिरबाट आउनेहरुलाई अनिवार्य होम क्वारेन्टिनमा राख्ने परिपत्र जारी गरेको हो ।

बाहिरबाट आउनेह्ररुलाई घरधनीले पीसीआर रिपोर्ट माग्ने गरेको भन्दै गृहले अनावश्यक पीसीआर जाँचको दबाब नदिने वातवारण बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह अनुसार कारवाही गर्न निर्देशित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहलाई पत्र पठाएको थियो ।

परिपत्रमा डेरावालहरुले घरधनीको दबाबकै कारण पीसीआर विधिबााट जाँच गर्न भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेकोे भन्दै गृहमन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्य मन्त्रालयको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ५१ बजे

स्याङ्जामा पद्माको शुरुवाती अग्रता

स्याङ्जा । बुधबार राती १० बजेबाट शुरु भएको मतगणनामा स्याङ्जा

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल

उद्योग संघको स्थापना दिवसको पूर्व सन्ध्यामा दिप प्रज्वलन

बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४५ औं स्थापना दिवसको

दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान हुने

काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुनः

नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले