३ आश्विन २०८३, शनिबार | September 19, 2026

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन आग्रह गरेकी छन् । उनले कुनै पनि प्रकारका अफवाह र उक्साहटपूर्ण अभिव्यक्ति नदिन सबैमा अनुरोधसमेत गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरेर केही दिनयता सुनसरीलगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी हुन् । उनले उक्त घटनामा ज्यान गुमाएका तथा अन्य केही व्यक्ति घाइते भएको समाचारले आफूलाई अत्यन्त दुःखित बनाएको घटनामा परी दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो । विविधताबीचको एकता, पारस्परिक सम्मान र सामाजिक सद्भाव नेपालको मौलिक पहिचान तथा गौरव हो, त्यसको संरक्षण सबैको साझा दायित्व हो । हाम्रा पुर्खाले निर्माण गरी पुस्तौँदेखि गर्वपूर्वक जोगाउँदै आएको अमूल्य परम्परालाई कुनै पनि परिस्थितिमा कमजोर हुन दिइने छैन”, उनको विज्ञप्तिमा भनिएको छ ।

कानुनी शासन, आपसी विश्वास र निरन्तर संवादका माध्यमबाट मात्र यस्ता समस्याको दिगो समाधान सम्भव हुने भएकाले नेपाल सरकार, सम्बन्धित प्रशासनिक निकाय तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकको विश्वास पुनःस्थापित गर्न आवश्यक सबै कदम चाल्न उनले आग्रह गरेकी छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ४ : ५३ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको