१३ आश्विन २०८०, शनिबार | September 30, 2023

महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका बुटवल उपमहानगरका कर्मचारीले जोखिम भत्ता नलिने



बुटवल । कोरोना भाइरस (कोभिड–१९) को महामारीका विरुद्ध बुटवल उपमहानगरमा फ्रन्टलाइनमा खटिएका कर्मचारीहरुले महामारी अवधिको जोखिम भत्ता नलिने भएका छन् ।

महामारीका विरुद्ध जनप्रतिनिधि, निजी क्षेत्र तथा अन्य सबैको योगदान आवश्यक रहेको भन्दै कर्मचारीहरुले जोखिम भत्ता नलिने निर्णय गरेका हुन् । बुटवल उपमहानगर पालिकाका जनप्रतिनिधिले यसअघि नै बैठकलगायतका भत्ता नलिने निर्णय गरेका थिए ।
जनप्रतिनिधिहरुसंगै रहेर माहामारीका बिरुद्ध योगदान गर्न कर्मचारीहरुले पनि कोभिड–१९ विरुद्धको महामारीमा खटिने तर, त्यसवापतको कुनै पनि जोखिम भत्ता नलिने निर्णय गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए । उपमहानगरका अधिकृतस्तरका कर्मचारीहरुले कोभिड कोषबाट कुनै पनि भत्ता नलिने घोषणा गरेका हुन् ।
कोरोना महामारीका देशमा आर्थिक संकट बढ्दै गएको र राज्यको कोषमा समेत रकम अभाव भइरहेको बेला बुटवलबाट केही सन्देश दिनुपर्छ भन्ने उद्धेश्यले अधिकृतस्तरका कर्मचारीबाट यस्तो निर्णय गरिएको शर्माले जानकारी दिए । कोरोना संक्रमणको महामारीको बेला क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा दैनिक खटिएका कर्मचारीहरूले सरकारले उपलब्ध गराउने भनेको भत्ता रकम नलिने घोषणा गरेको उनले स्पष्ट पारे ।

नेपाल सरकारले लकडाउनको अवधिमा कोरोना महामारी नियन्त्रण तथा उपचारमा फ्रन्टलाइनमा रहेर काम गर्ने कर्मचारीलाई तलबको ५० प्रतिशत रकम प्रोत्साहन भत्तास्वरूप दिने निर्णय गरेको थियो । बुटवलका सबै अधिकृतस्तरका र अरु समेत गरि झण्डै चार सय कर्मचारी रहेका छन् ।

‘महामारीका विरुद्ध खटिएका सबै तहका कर्मचारीहरुले कोभिड कोषबाट उपलब्ध हुने कुनै पनि रकमबाट भत्ता नलिने निर्णय गरेका छौं, सरकारलाई आर्थिक संकट परेको बेला हाम्रो लागि छुट्याएको रकम पनि कोभिड नियन्त्रणमै प्रयोग होस् भन्ने हाम्रो उद्धेश्य हो’, प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसँगै ६ जना महाशाखा प्रमुख र २४ जना शाखा प्रमुख गरी ३१ जना अधिकृतस्तरका र बाँकी समेत गरि चार सय जना कर्मचारी छन् । सरकारले उपलब्ध गराउने भनेको ५० प्रतिशत प्रोत्साहन भत्तामात्रै झण्डै ५१ लाख रुपैयाँ हाराहारी हुन आउने शर्माले जानकारी दिए । उनले उपमहानगरपालिकाको विपद् व्यवस्थापन फोकल पर्सन र स्वास्थ्य शाखा प्रमखलाई भने भत्ता उपलब्ध गराइने शर्माले जानकारी दिए ।

शर्माका अनुसार अधिकृत स्तर, खानेपानी, विद्युत र सरसफाई, स्वास्थ्य, दमकल र प्रशासन शाखामा कार्यरत सबै कर्मचारीले जेखिममा खटिए वापतको प्रोत्साहन भत्ता लिने छैनन् । ‘यो महामारीको बेला हो, राज्यको कोषमा हाम्रो पनि केही योगदान रहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेका हौं’ शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखाका प्रमुख मित्रमणि खनालले भने ।
सरकारले घोषणा गरेको लकडाउनको दुई महिना २० दिनको अधिकृत स्तरका कर्मचारीको मात्रै १३ लाख ६५ हजार भन्दा बढी रकम प्रोत्साहन भत्तामा मात्रै खर्च हुन्थ्यो । यस्तै, सरकारले सम्बोधन नगरेको सफाइकर्मीहरूको लागि भने उपमहानगरपालिकाले तलबको २५ प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।

महामारीको समयमा समेत उपमहानगरको बजार, सडक, नाली तथा सार्वजनिक क्षेत्रमा जोखिम मोलेर दिनरात सफाइमा खटिने सफाइकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ । ‘फ्रन्टलाइनमा काम गर्ने कर्मचारीसँगै सफाइकर्मीहरू पनि जोखिम मोलेर काममा खटिएका हुन्छन्, उनीहरूलाई प्रोत्साहन गर्नु उपमहानगरपालिकाको दायित्व पनि हो’, उनले भने । उपमहानगरपालिकामा ४० जना सफाइकर्मी छन् । उनीहरुलाई उपमहानगरले पीपीई सहितका स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ०६ बजे

भारतीय पर्यटकलाई २५ हजार भन्दा बढी ल्याउन नदिने नियमले पर्यटन क्षेत्र प्रभावित

भैरहवा। स्थलमार्ग भई नेपालतर्फ आउने पर्यटक र भारतीय गाडीलाई सुरक्षाकर्मीहरुले

नेपालको धारणाप्रति चिनियाँ राष्ट्रपतिको पूर्ण समर्थन : प्रधानमन्त्री प्रचण्ड (विज्ञप्तिको पूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय

विमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्