१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको शानदार जित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले ९.४ ओभरमै १ विकेट गुमाएर पूरा गर्‍यो।

पहिलो खेलमा पराजय बेहोरेको काठमान्डुले त्यसपछि लगातार दुई खेल जित्दै प्रतियोगितामा पुनरागमन गरेको छ। तीन खेलबाट ४ अंक जोडेको काठमाडौं अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

पाँच खेल खेलिसकेको विराटनगरको भने यो तेस्रो हार हो। समान ४ अंक भए पनि कमजोर रनरेटका कारण विराटनगर पाँचौँ स्थानमा झरेको छ।

काठमान्डुको जितमा अस्ट्रेलियन ब्याटर डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गरे। उनले २४ बलमा २ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाए। अर्का अस्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले २४ बलमा ३ चौकाको मद्दतले अविजित २३ रन जोडे।

दोस्रो विकेटका लागि वार्नर र बोसिस्टोले अविजित ७९ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। ओपनर साहिल पटेल १० रन बनाएर आउट भए। विराटनगरका अपराजित पौडेलले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमै समेटिएको थियो।

विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा ३ चौका र एक छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले ३१ बलमा २२ रन जोड्दा बसिर अहमदले १० रन बनाए।

विराटनगरका अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन्। शेहान जयसूर्या ५, लोकेश बम ६, आन्द्रे रसेल ३ र अपराजित पौडेल २ रनमा आउट भए। इमरान शेख, नारायण जोशी र शुभम रञ्जानेले खाता खोल्न सकेनन्। कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे।

विराटनगरले ३५ रन जोड्दा सात विकेट गुमाइसकेको थियो। त्यसपछि एन्जेलो म्याथ्युज र रुपेश सिंहले आठौँ विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै टोलीको स्कोर ८३ रनसम्म पुर्‍याएका थिए। विराटनगरको इनिङ्समा यही नै सबैभन्दा ठूलो साझेदारी बन्यो।

काठमान्डुका बलर सन्तोष यादवले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। सहान अराचिगेले २ ओभरमा ७ रन दिँदै २ विकेट हात पारे। जहानदान खानले ३।३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए।

यस्तै, कप्तान करण केसी, शाह आलम र देव शाहले समान एक–एक विकेट लिए।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै विराटनगरलाई सस्तैमा समेटेको काठमान्डुले ब्याटिङमा पनि आक्रामक खेल प्रस्तुत गर्दै सहज जित दर्ता गरेको हो।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ७ : ५२ बजे

विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भारतीय

शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी

काठमाडौँ । सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा

एजेन्सी । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट