काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनीरुपमा प्रहरी महानिरीक्षकबाट हटाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन आज दर्ता हुन सकेन ।
पेस भएको रिट निवेदन अध्ययनका क्रममा रहेको र दर्ता हुने वा नहुने विषयमा शुक्रबार छलफल हुने सर्वोच्च अदालतले जनाएको छ ।
सरकारले बुधबार कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट पेस गरेका हुन् । आईजीपीमा पुनरबहालीको माग गर्दै कार्कीले कानुन व्यवसायी टिकाबहादुर कुँवरमार्फत रिट दिएका हुन्।
















प्रतिक्रिया