१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

पतन्जलीको कोरोना औषधी प्रयोग गर्न भारत सरकारको रोक



योग र धर्मको माध्यमबाट आफ्नो विशाल उद्योग व्यवसायको प्रचार गर्ने ‘स्टार कर्पोरेट योगी’ बाबा रामदेवले मंगलबार सार्वजनिक गरेको ‘कोरोना भाइरस विरुद्धको औषधी’ लाई भारतको केन्द्रीय आयुष मन्त्रालयले रोक लगाइदिएको छ ।

नियमनकारी निकाय र आयुष मन्त्रालयसँग कुनै अनुमति नलिई कोरोना भाइरसको शतप्रतिशत अचुक औषधी भन्दै प्रचारवाजी गरेको केही घण्टामै आयुष मन्त्रालयले रामदेवको ओषधी विक्रिमा प्रतिबन्ध लगाएको हो ।

आयुष मन्त्रालयले पतन्जली आयुर्वेद लिमिटेडको तर्फबाट जारी गरेको कोभिड १९ को औषधीमा गरिएको भनिएको वैज्ञानिक अध्ययनको सच्चाई र अन्य सम्पूर्ण विवारणबारे मन्त्रालयलाई कुनै जानकारी नै थिएन ।

विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसको औषधी खोपका लागि २४ सै घण्टा लागिरहेका छन् । तर अहिलेसम्म कुनै निस्कर्षमा पुग्न सकेका छैनन् । तर, बाबा रामदेवकको पतञ्जलीले भने दुई थरी औषधी शतप्रतिशत अचुक औषधी भन्दै सार्वजनिक गरेको छ ।

पतन्जलीका अध्यक्ष आचार्य बालकृष्णले आयुष मन्त्रालयसँग कम्युनिकेशन ग्याप भएको भन्दै पतन्जलीले कोरोना भाइरस विरुद्ध ओषधी पत्ता लगाएर आयुर्वेदको दुनियाँमा गौरबपूर्ण काम गरेको दाबी गरेका छन् ।

उनले औषधी उत्पादनपूर्व सबै प्रकारको अनुसन्धान र क्लिनिकल ट्रायलको सबै मानक पुरा गरेको दाबी गरेका छन् ।

पतन्जलीले जयपुरस्थित नेशनल इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज निम्समा कोरोना भाइरसका बिरामी माथि क्लिनिकल ट्रायल गरेको जनाएको छ । आचार्य बालकृष्णका अनुसार त्यो ट्रायलमा कोरोनिल औषधीको नतिजा शतप्रतिशत निस्केको थियो ।

पतन्जलीले विभिन्न आयुर्वेदिक जडिबुटीको समिश्रणबाट कोरोनल औषधी बनाएको छ । तर, आयाुष मन्त्रालयले भने औषधीमा समावेश सबै जटिबुटीको कम्पोजिशन मन्त्रालयमा पेश गर्न पतन्जलीलाई निर्देशन दिएकोछ ।

पतन्जलीले जयपुरस्थित नेशनल इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज निम्समा कोरोना भाइरसका बिरामी माथि क्लिनिकल ट्रायल गरेको जनाएको छ । आचार्य बालकृष्णका अनुसार त्यो ट्रायलमा कोरोनिल औषधीको नतिजा शतप्रतिशत निस्केको थियो ।

पतन्जलीले विभिन्न आयुर्वेदिक जडिबुटीको समिश्रणबाट कोरोनल औषधी बनाएको छ । तर, आयाुष मन्त्रालयले भने औषधीमा समावेश सबै जटिबुटीको कम्पोजिशन मन्त्रालयमा पेश गर्न पतन्जलीलाई निर्देशन दिएकोछ । सबै मामिलाबारे निस्कर्ष नकिस्केसम्म नयाँ औषधीको विज्ञापन नगर्न समेत मन्त्रालयले पतन्जलीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : २२ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार