१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

काठमाडौं महानगरले ल्यायो १६ अर्व ४२ करोडको बजेट, घरभाडामा छुट दिनेलाई घरभाडा करमा १० प्रतिशत छुट



काठमाडौ । काठमाडौं महानगरपालिकाले अािर्थक बर्ष २०७७ ÷७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट प्रस्ताव गरेको छ । काठमाडौंमा रहेका ठूलो संख्याका भाडावाल ब्यवसायी र ब्यवसायको समस्यालाई मध्यनजर गर्दै महानगरले यसवर्षको बजेटमा घरभाडा देखि सम्पत्ति करमा १०० प्रतिशत सम्म छुटको प्याकेज घोषणा गरेको छ ।

महानगरसभाको सातौ अधिवेशनमा बुधबार महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बजेट प्रस्तुत गर्दै महानगरमा घरभाडामा छुट दिएको स्वघोषण गर्न आउने घरधनीलाई घरभाडाकरमा १० प्रतिशत छुट दिने घोषणा गरेकी हुन् ।

कर बक्यौतामा लाग्ने जरिवानामा पूर्ण छुट

काठमाडौं महानगरपालिले कोभिड–१९ को प्रभावका कारण करदाताहरुबाट असुल हुन बांकी रहेको आर्थिक बर्ष २०७६–०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । त्यसैगरी कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक बर्ष २०७७÷०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक बर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको बजेटमा ब्यवस्था गरिएको छ ।

बार्षिक बहाल करमा १० प्रतिशत छुट

कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६÷७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गरेमा बार्षिक बहाल करमा दश प्रतिशत छुट दिईने महानगरको बजेटमा उल्लेख गरिएको छ । तर आर्थिक बर्ष २०७६÷७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतको बहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताहका हकमा कोभिड–१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक बर्ष २०७७÷७८ मा बुझाउनुपर्ने बार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिने भएको छ ।

भाडावाल ब्यवसायीलाई ब्यवसाय करमा ५० प्रतिशत सम्म छुट

काठमाडौँ महनगरपालिकाले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार ब्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ । महानगरपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा लाग्ने ब्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा पचास प्रतिशत र अन्य सबै ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा बीस प्रतिशत छुटको व्यवस्था समेत महानगरले गरेको छ ।

५० प्रतिशत व्यवसाय कर छुट पाउनेमा होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा सबै तारेहोटलहरु, चलचित्र प्रर्दर्शनी घर,साधारण होटल, लज, गेष्ट हाउस, होमस्टे,होस्ट, रेष्टुरेन्ट एण्ड बार ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेल लगायत छन् ।

उप प्रमुख श्रेष्ठले प्रस्ताव गरेको महानगरको बजेटमा महानगरको आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख बिनियोजन गरिएको छ । यो कुल बजेटको १ दशमलम ५ प्रतिशत हो । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरिएको छ । यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो । पूर्वाधार बिकास क्षेत्रका लागि कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार बजेट प्रस्ताव गरिएको छ ।

सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख , सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३०, शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार विनियोजन गरिएको छ ।

कोभिड–१९ को असर र रोकथाम न्युनिकरणलाई प्राथमिकता

कोभिड–१९ को असर, रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ ।

महानगरपालिकाको आम्दानीको प्रक्षेपण

महानगरपालिकाले आगामी आर्थिक बर्ष १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । अन्तरिक श्रोतबाट कुल ६ अर्ब ७६ करोड ६५ लाख , बाह्य श्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, शसर्त अनुदान बाट रु २ अर्ब ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड, जग्गा एकीकरण बाट ९६ करोड ८ लाख २६ हजार गरी कुल रु ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ । नपुग हुने रकम ३ अर्ब ५० करोड बैंक मौज्दातबाट व्यहोर गरिने भएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : २३ बजे

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका

बागमती प्रदेशसभाको बैठक बस्दै स् नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली