१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

सैनामैनाको बजेट करिब ७१ करोड, बिदेशबाट फर्केका युवालाई नगरपालिकाले रोजगारी दिने



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख बिना रानाले बुधबार नगर सभामा उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

उप प्रमुख रानाले प्रस्तसत गरेकी बजेट अनुसार कुल विनियोजित बजेटमध्ये चालू खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्यालय सञ्चालन लगायत प्रशासनिक खर्च र अन्य व्यवस्थापन समेतको लागि ४५ करोड ९४ लाख ८७ हजार ५ सय ४६ विनियोजन भएको छ भने पूँजीगत खर्च तर्फ कुल २४ करोड ८४ लाख ७ हजार विनियोजन गरिएको छ । उक्त बजेट चालु आवको भन्दा करिव २० करोडले कमी हो । चालु आवमा ९१ करोड बढीको बजेट प्रस्तुत भएको थियो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त अनुदान रु ५६ करोड ९२ लाख ८७ हजार २ रुपैया, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ५७ लाख, आन्तरीक स्रोतबाट १३ करोड ३१ लाख ९० हजार ५ सय ४४ आयको अनुमान गरिएको छ ।

स्रोत साधनको सिमीतता, कोभिड १९ को महामारीको विद्यमान परिस्थिति, न्युन आयस्रोत र नगरवासीको उच्च आकांक्षालाई मध्यनजर गरी महामारीले नकरात्मक प्रभाव पारेका सामाजिक र आर्थिक क्षेत्रको पुनर्उत्थान गरी समृद्धिको यात्रालाई जारी राख्न यो बजेट सार्थक हुने प्रमुख हिरा कार्कीले विश्वास व्यक्त गरे ।

त्यसैगरी नगरेको क्षेत्रगत र भौगोलिक सन्तुलन कायम हुनेगरी दीर्घकालीन रुपमा प्रतिफल दिन सक्ने योजनाहरु कार्यन्वयन गर्न स्रोत, साधन, प्रविधि र जनशक्ति आदिको प्रभावकारी र कुशल रुपमा बजेटको उपयोग गर्ने रणनीति अवलम्बन गरेको प्रमुख कार्कीले बताए ।

सैनामैना नगरपालिकाका लागि प्रस्तुत बजेटमा बेरोजगार युवा युवतिहरुलाई रोजगारीका अवसर सिर्जना गर्ने, भूमि बैंकमार्फत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीको रुपमा विकास गरी एकीकृत कृषि प्रणालीलाई अवलम्बन गर्न कृषकलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषि र पशुपंक्षीजन्य उत्पादनमा आत्मनिर्भर वनाउन सहयोग गर्ने, ब्यवस्थित शहरीकरणको लागि दीर्घकालीन नीति तथा मापदण्ड बनाई ‘कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार’ भन्ने अभियानलाई पूर्णता प्रदान गर्ने, प्राविधिक शिक्षा र सिपमूलक तालिमको माध्यमबाट स्वरोजगार बनाई जनताको जीवनस्तर सुधार गर्ने, बेरोजगार युवा तथा महिलालाई कृषि, पशुपंक्षि व्यवसायमा आबद्ध गरि आत्मनिर्भर गराउने उल्लेख छ ।

त्यसैगरी बजेटमा नगरपालिकाको नगर गुरुयोजना तुर्जमा गरी नगरको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन विकासका लक्ष्यहरु निर्धारण गर्ने नीति लिइए अुनुरुप गुरुयोजना निर्माणको कार्य अन्तिम चरणमा छ । गुरुयोजनाले समेट्न नसकेका नगर यातायात गुरुयोजना, नगर पाश्र्वचित्र, स्थानीय तहको सूचनाप्रणाली र भू–उपयोग योजना समेत तयार भइसकेको उल्लेख छ ।

स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप यस नगरपालिकाको वडा नं. ४ मुर्गियामा सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने, सुत्केरी महिलाहरुलाई स्वास्थ्य चौकीमा नियमित चेकजाँच गरी प्रसुति समेत स्वाथ्य चौकीमा गराउन प्रोत्साहित गर्न सुत्केरी पोषण कोशेली कार्यक्रमको लागि ४ लाख विनियोजन गरिएको छ । आधारभूत स्वास्थ्य संस्था र २४ घण्टे प्रसुती सेवा सञ्चालन र व्यवस्थापनको लागि आवश्यक बजेटको विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

नगर प्रमुख कार्कीले भूमी बैँकमार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, सैनामैनाको आर्थिक समृद्धि भन्ने अभियानलाई साकार पार्न भूमि बैंकको स्थापना गरि सामुहिक खेती, करार खेती र व्यवसायिक खेती गर्ने प्रबन्ध मिलाईने जानकारी दिए ।

कोरोना भाईरसको कारण बैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी व्यवसायमा आबद्ध गर्न विविध कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । बैक तथा वित्तिय संस्थासंग समन्वय गरी बैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवा र कृषि तथा पशु उद्यमी व्यवसायी मध्ये १६५ जना सामुहिक वा निजी व्यवसायीलाई प्राथमिकताको आधारमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई श्रममा आधारित न्यूनतम रोजगारीमा संलग्न गराउने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ । त्यसैगरी बजेटमा साना कृषि औजार तथा यन्त्र उपकरण, कोभिड प्रभावित भई गाँउ फर्केका कृषि व्यवसाय गर्ने उद्यमीहरुलाई उत्पादन सामाग्री उपलब्ध गराउने तथा एक स्थानिय तह एक उत्पादन कार्यक्रम र नगरपालिका स्तरिय कोशेली घर लगाएतका अन्य कार्यक्रमहरु सञ्चालनको लागि ६८ लाख ५० हजार बजेटको व्यवस्था भएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : १२ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका