१ कार्तिक २०८३, शनिबार | October 17, 2026

औषधी ब्यावसायी संघको स्थापना दिवसमा रक्तदान औषधी वितरण



बुटवल । नेपाल औषधी ब्यवसायी संघको ४७ औ स्थापना दिवसमा विविध कार्यक्रम गरि मनाईएको छ ।

लुम्बिनी अचल शाखाको आयोजनामा बुधबार मानव सेवा आश्रमलाई औषधी वितरण र जिल्ला शाखा रुपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

संघका केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय उपाध्यक्ष रामप्रसाद खरेल, सुनिल श्रेष्ठ, प्रदेश शाखाका तदर्थ समिति अध्यक्ष शिव ज्ञवाली, जिल्ला अध्यक्ष सुरज भट्टराईले मानव सेवा आश्रम प्रदेश ५ का संयोजक सरु अधिकारीलाई औषधी हतान्तरण गरेका थिए । प्रदेश शाखाका तदर्थ समिति अध्यक्ष शिव ज्ञवालीले आश्रमको माग अनुसार मानसिक समस्या भएका विरामीहरुलाई ५० हजार रुपैया बराबरको औषधी सहयोग गरिएको उनले बताए ।

जिल्ला अध्यक्ष सुरज भट्टराईले औषधी ब्यवसायीहरु आफनो पेशा ब्यवसायसंगै सामाजिक कार्यमा समेत अग्रसर रहेको बताए । कोरोना भाईरसको संक्रमणका कारण औपचारिक कार्यक्रमभन्दा पनि सचेतनाका कार्यक्रमलाई जोड दिईएको उनले बताए । कोरोना संक्रमण विरुद्ध चैतको पहिलो हप्तादेखि नै विभिन्न सचेतना कार्यक्रमका साथै विभिन्न संघसंस्थाहरुलाई मास्क, सेनिटाईजर सहयोग समेत गरिएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको संघका जिल्ला सदस्य तथा संयोजक गणेश सेढाईले बताए ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ३९ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ