१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

औषधी ब्यावसायी संघको स्थापना दिवसमा रक्तदान औषधी वितरण



बुटवल । नेपाल औषधी ब्यवसायी संघको ४७ औ स्थापना दिवसमा विविध कार्यक्रम गरि मनाईएको छ ।

लुम्बिनी अचल शाखाको आयोजनामा बुधबार मानव सेवा आश्रमलाई औषधी वितरण र जिल्ला शाखा रुपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

संघका केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय उपाध्यक्ष रामप्रसाद खरेल, सुनिल श्रेष्ठ, प्रदेश शाखाका तदर्थ समिति अध्यक्ष शिव ज्ञवाली, जिल्ला अध्यक्ष सुरज भट्टराईले मानव सेवा आश्रम प्रदेश ५ का संयोजक सरु अधिकारीलाई औषधी हतान्तरण गरेका थिए । प्रदेश शाखाका तदर्थ समिति अध्यक्ष शिव ज्ञवालीले आश्रमको माग अनुसार मानसिक समस्या भएका विरामीहरुलाई ५० हजार रुपैया बराबरको औषधी सहयोग गरिएको उनले बताए ।

जिल्ला अध्यक्ष सुरज भट्टराईले औषधी ब्यवसायीहरु आफनो पेशा ब्यवसायसंगै सामाजिक कार्यमा समेत अग्रसर रहेको बताए । कोरोना भाईरसको संक्रमणका कारण औपचारिक कार्यक्रमभन्दा पनि सचेतनाका कार्यक्रमलाई जोड दिईएको उनले बताए । कोरोना संक्रमण विरुद्ध चैतको पहिलो हप्तादेखि नै विभिन्न सचेतना कार्यक्रमका साथै विभिन्न संघसंस्थाहरुलाई मास्क, सेनिटाईजर सहयोग समेत गरिएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको संघका जिल्ला सदस्य तथा संयोजक गणेश सेढाईले बताए ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ३९ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’