७ कार्तिक २०८३, शनिबार | October 25, 2026

प्रदेश नम्बर ५ बाट बिद्रोहको घोषणा सहित आयो नेपालगन्ज उप-महानगरको नीति तथा कार्यक्रम



नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले प्रदेश ५ को राजधानी नेपालगञ्जलाई घोषणा नगरे प्रदेश ५ बाट बिद्रोह गर्ने घोषणा सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबारबाट सुरु भएको ७ औ नगरसभामा उपमहानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगन्ज उपमहानगरका नगर प्रमुख धवल सम्शेर राणाले प्रदेश ५ को राधानी नेपालगन्जलाई नबनाईए कर्णाली प्रदेशमा समाहित हुने राजनीतिक निर्णयसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

बुधबार भेरी प्राबिधिक शिक्षालयको सभा हलमा भएको ७ औं नगरसभामा नगर प्रमुख डा. राणाले प्रदेशको राजधानी नेपालगञ्ज घोषणा नगरे कर्णालीमा समाहित हुनुको बिकल्प नभएको बताए । उनले कोभिड–१९ को महामारीलाई परास्त गर्नको लागि उप महानगरको निति तथा कार्यक्रममा कृषि र स्वास्थ्यमा जोड दिएकाछन् ।

नगर प्रमुख डा. राणाले कोभिड–१९ का कारण आन्तरिक आय अनुमानित भन्दा कम संकलन भएको, सङ्घ तथा प्रदेशबाट साविक भन्दा न्यून बजेट सिलिङ्ग प्राप्त भएकाले सिमित बजेटको आधारमा यथाशक्य सबै विषयगत क्षेत्रलाई समेट्ने गरि कार्यक्रम पेश गरिएको जानकारी दिए ।

कोभिड– १९ को महामारीबाट प्रभावित उपमहानगरका करदातालाई उचित छुट दिने गरि निति बनाईएको बताउदै उनले कोभिड–१९ को प्रभावलाई निरुत्साहित गर्नको लागि नगरबासीलाई छुट दिने नीति ल्याईएको बताए ।

उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । कार्यक्रममा विपन्नको आयस्तर उकास्न विपन्न वर्गसँग स्थानीय सरकारको अवधारणमा साझेदारी विकास कार्यक्रमलाई परिस्कृत र सघन रुपमा अघि बढाउने उल्लेख गरिएको छ । कृषि र पशुपालनलाई प्राथमिकता दिदै कृषकलाई प्रोत्साहन गरिने कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी स्वास्थ्य संस्था निर्माण र स्वास्थ्य सेवा प्रभावकारी बनाईने, भौतिक पूर्वाधारमा चक्रपथ निर्माणको काम अघि बढाउने, पक्की सडक र नाला निर्माण कार्यलाई निरन्तरता दिने, सडक मापदण्ड तयार गरि कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

विद्यालय समायोजन तथा छात्रा विद्यालय र कलेज निर्माण सम्पन्न गरिने संचालन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नेपालगञ्जलाई ५ नम्बरको राजधानी बनाउन पहल गर्ने भन्दै उपमहानगरको कार्यक्रममा अन्यथा कर्णाली प्रदेशमा समाहित हुन आवश्यक पहल गर्ने प्रस्ताव गरिएको छ ।

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न पहल गर्ने कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रममा सभासदहबाट सुझाव र संशोधन आएको अवस्थामा समावेश गरि सभाको दोस्रो बैठकबाट पारित गरिने उप महानगरका उप प्रमुख उमा थापा मगरले बताईन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : २५ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र