६ बैशाख २०८३, आइतबार | April 19, 2026

घरबहाल छुट गर्न घरधनीहरुसँग भाडावालहरुको अपिल



बुटवल । कोरोना भाईरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि सरकारले आव्हान गरेको लकडाउनका कारण उद्योग ब्यबसाय क्षेत्रमा प्रत्यक्ष असर भन्दै लकडाउन अवधीको घरबहाल छुट दिन घर बाहलमा बस्नेहरुले अपिल जारी गरेकाछन् ।

घरबाहलमा बस्नेहरुको संस्था नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले कोरोना भाईरसको संक्रमणको रोकथाम, नियन्त्रण र निदानका लागि जारी गरिएको झण्डै ३ महिना लामो लकडाउनका कारण धरासायीको संघारमा पुगेको उद्योग ब्यबसाय क्षेत्रलाई राहत प्रदान गर्न सर्वप्रथम लकडाउन अवधीको घरभाडामा मिनाहा वा भारी छुट हुनुपर्ने माग गरेको छ ।

बिषम परिस्थितीका कारण बिशेषगरि शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, उद्योग, ब्यापार, पर्यटन लगाएतका यसको प्रत्यक्ष रुपमा नकारात्मक असर परिरहेको भन्दै त्यसबाट गरिखाने मजदुर बर्ग र घरबहालमा बस्नेहरु मर्कामा परेको अपिलमा उल्लेख गरिएको छ ।

घरबहाल सरोकार संघ रुपन्देहीले घरबहालमा लिई पसल संचालन गर्नेहरु, होटेल ब्यबसायीहरु, दैनिक ज्याला मजदुरी गर्ने श्रमिक बर्ग ब्यबसाय धरासायी हुनुका साथै रोजगारी समेत गुमेका कारण अत्यन्तै पिडित बन्न पुगेको भन्दै समस्यामा परेका बर्गलाई दैनिक जिवनयापनका लागि आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार समक्ष हार्दिक आग्रह समेत गरेको छ ।

संघले उद्योग ब्यबसाय बन्द हुँदा समस्यामा परेका उद्योगी ब्यबसायीहरुलाई बैंक ब्याज मिनाह, घरबहाल कर छुट, पानी, बिजुली, टेलिफोनमा छुट लगाएतका राहतका प्याकेज ल्याउन समेत सरकार समक्ष आग्रह गरेको छ ।

यस्तो परिस्थितीमा कतिपय घरधनीहरुले स्वतःस्फुर्त रुपमा आफ्नो घर वा सटरमा बहालमा बस्नेहरुलाई राहात पुगोस भनि लकडाउन अवधीभरको घरबहाल मिनाह गर्ने तथा छुटदिने गरेको पाइएको संघले जनाएको छ । यसरी मानविय भावना प्रकट गर्ने घरधनीहरुको भावनालाई सम्मान गर्दै बाँकी सम्पुर्ण घरधनीहरुले पनि कोरोना संक्रमण र संन्त्रासका कारण चहराईरहेको घाउमा मल्हम लगाउन लकडाउन अवधीभरको घरबहालमा मिनाहा वा अधिकतम छुट गर्न घरधनीहरुलाई अपिल अपिल गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १० : ४५ बजे

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, यात्रा नगर्न आग्रह

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल