६ बैशाख २०८१, बिहिबार | April 18, 2024

घरबहाल छुट गर्न घरधनीहरुसँग भाडावालहरुको अपिल



बुटवल । कोरोना भाईरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि सरकारले आव्हान गरेको लकडाउनका कारण उद्योग ब्यबसाय क्षेत्रमा प्रत्यक्ष असर भन्दै लकडाउन अवधीको घरबहाल छुट दिन घर बाहलमा बस्नेहरुले अपिल जारी गरेकाछन् ।

घरबाहलमा बस्नेहरुको संस्था नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले कोरोना भाईरसको संक्रमणको रोकथाम, नियन्त्रण र निदानका लागि जारी गरिएको झण्डै ३ महिना लामो लकडाउनका कारण धरासायीको संघारमा पुगेको उद्योग ब्यबसाय क्षेत्रलाई राहत प्रदान गर्न सर्वप्रथम लकडाउन अवधीको घरभाडामा मिनाहा वा भारी छुट हुनुपर्ने माग गरेको छ ।

बिषम परिस्थितीका कारण बिशेषगरि शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, उद्योग, ब्यापार, पर्यटन लगाएतका यसको प्रत्यक्ष रुपमा नकारात्मक असर परिरहेको भन्दै त्यसबाट गरिखाने मजदुर बर्ग र घरबहालमा बस्नेहरु मर्कामा परेको अपिलमा उल्लेख गरिएको छ ।

घरबहाल सरोकार संघ रुपन्देहीले घरबहालमा लिई पसल संचालन गर्नेहरु, होटेल ब्यबसायीहरु, दैनिक ज्याला मजदुरी गर्ने श्रमिक बर्ग ब्यबसाय धरासायी हुनुका साथै रोजगारी समेत गुमेका कारण अत्यन्तै पिडित बन्न पुगेको भन्दै समस्यामा परेका बर्गलाई दैनिक जिवनयापनका लागि आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार समक्ष हार्दिक आग्रह समेत गरेको छ ।

संघले उद्योग ब्यबसाय बन्द हुँदा समस्यामा परेका उद्योगी ब्यबसायीहरुलाई बैंक ब्याज मिनाह, घरबहाल कर छुट, पानी, बिजुली, टेलिफोनमा छुट लगाएतका राहतका प्याकेज ल्याउन समेत सरकार समक्ष आग्रह गरेको छ ।

यस्तो परिस्थितीमा कतिपय घरधनीहरुले स्वतःस्फुर्त रुपमा आफ्नो घर वा सटरमा बहालमा बस्नेहरुलाई राहात पुगोस भनि लकडाउन अवधीभरको घरबहाल मिनाह गर्ने तथा छुटदिने गरेको पाइएको संघले जनाएको छ । यसरी मानविय भावना प्रकट गर्ने घरधनीहरुको भावनालाई सम्मान गर्दै बाँकी सम्पुर्ण घरधनीहरुले पनि कोरोना संक्रमण र संन्त्रासका कारण चहराईरहेको घाउमा मल्हम लगाउन लकडाउन अवधीभरको घरबहालमा मिनाहा वा अधिकतम छुट गर्न घरधनीहरुलाई अपिल अपिल गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १० : ४५ बजे

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

२९ औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

चितवन । चितवनमा जारीे २९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज