१६ चैत्र २०८२, सोमबार | March 30, 2026

अन्तरराष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण हुने



विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघबीच अन्तरराष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नेसम्बन्धी साझेदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ ।

संगठनले पाँच वर्षका लागि भाडामा लिएको जग्गामा प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहकार्यमा अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थलको निर्माण गर्न संघको समेत साझेदारी, समानान्तर सहभागिता र दायित्व रहने छ ।

संगठनका अध्यक्ष भीम घिमिरेले यस क्षेत्रका उद्योगीव्यवसायीले लामो समयदेखि प्रदर्शनीस्थलको अभाव भोग्दै आएको कुरालाई मनन गर्दै सम्झौता भएको बताउनुभयो । संघका अध्यक्ष प्रकाश मुन्दडाले औद्योगिक व्यावसायिक क्षेत्रको विकासका लागि दुवै संस्थाबीच भएको समझदारी अगामी दिनमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

मोरङको विराटनगरमा महेन्द्र गोल्छाको अगुवाइमा २०५५ सालमा विराटनगरमा लागेको औद्योगिक मेलाले अहिलेसम्म निरन्तरता पाइरहेको छ । यसबाट स्वदेशी एवं विदेशी बजारको पहिचान, उपभोक्ताको माग र स्वदेशी उत्पादनको बजारीकरणमा मद्दत पुग्नाका साथै आर्थिक क्रियाकलापमा पनि टेवा पुग्ने गरेको संगठनका पूर्वअध्यक्ष सुशील धनावत र उद्योगी एवं व्यापारी महेश जाजुले बताउनुभयो । रासस

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ६ : ४६ बजे

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण