११ कार्तिक २०८३, बुधबार | October 29, 2026

अन्तरराष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण हुने



विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघबीच अन्तरराष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नेसम्बन्धी साझेदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ ।

संगठनले पाँच वर्षका लागि भाडामा लिएको जग्गामा प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहकार्यमा अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थलको निर्माण गर्न संघको समेत साझेदारी, समानान्तर सहभागिता र दायित्व रहने छ ।

संगठनका अध्यक्ष भीम घिमिरेले यस क्षेत्रका उद्योगीव्यवसायीले लामो समयदेखि प्रदर्शनीस्थलको अभाव भोग्दै आएको कुरालाई मनन गर्दै सम्झौता भएको बताउनुभयो । संघका अध्यक्ष प्रकाश मुन्दडाले औद्योगिक व्यावसायिक क्षेत्रको विकासका लागि दुवै संस्थाबीच भएको समझदारी अगामी दिनमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

मोरङको विराटनगरमा महेन्द्र गोल्छाको अगुवाइमा २०५५ सालमा विराटनगरमा लागेको औद्योगिक मेलाले अहिलेसम्म निरन्तरता पाइरहेको छ । यसबाट स्वदेशी एवं विदेशी बजारको पहिचान, उपभोक्ताको माग र स्वदेशी उत्पादनको बजारीकरणमा मद्दत पुग्नाका साथै आर्थिक क्रियाकलापमा पनि टेवा पुग्ने गरेको संगठनका पूर्वअध्यक्ष सुशील धनावत र उद्योगी एवं व्यापारी महेश जाजुले बताउनुभयो । रासस

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ६ : ४६ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय