१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

अंगिरा पासी मृत्यु प्रकरण : रोकिएन अदालत अगाडी धर्ना र बिरोध प्रदर्शन



बुटवल । रुपन्देही देवदह ११ की १३ बर्षिय बालिका अंगिरा पासीको न्यायका लागि भन्दै रुपन्देही जिल्ला अदालत अगाडि धर्ना दिने क्रम जारी रहेको छ । बुधबार पनि अधिकारकर्मीहरुले अदालत अगाडी धर्ना सहित विरोध प्रदर्शन गरेकाछन् । संयुक्त दलित संघर्ष समिति रुपन्देहीले अंगिरालाई न्याय दिलाउनका लागि न्यायलयको ध्यानआर्कषण गराउन अदालत अगाडि धर्ना कार्यक्रम जारी राखेको बताउंदै आएको छ ।

बयान सकिएर थुनछेक बहसको पूर्वसन्ध्यामा जातीय भेदभावका कारण बलत्कारपछि हत्या गरिएको भन्दै अधिकाकर्मीले प्रदर्शन जारी राखेका हुन् । जातीय छुवाछुतका घटनामा अदालतले समेत न्याय नदिएकाले अंगिरालाई न्याय दिलाउनका निम्ति ध्यानआर्कषण गराउन प्रदर्शन गरिएको संघर्ष समितिका संयोजक हरिओम विश्वकर्माले बताए ।

यद्देपी प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुभाएपछि अदालतमा मुद्धा पेश भइसकेको छ ।सरकारी वकिल कार्यालयले जबरजस्तीकरणी, जातीय छुवाछुत र आत्महत्या दुरात्साहन गर्ने मुद्धाको अभियोगपत्र जिल्ला अदालत रुपन्देहीमा पेश गरिसकेको छ ।

विरोध प्रदर्शनपछि आयोजित सभामा प्रदेश सांसद सन्तोष पाण्डे, पूर्व राज्यमन्त्री प्रकाश चित्रकार, जनता समाजवादी पाटीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे, नेकपाका रुपन्देही सचिव निर्मल जिसि, दलित अगुवाहरु रवि विक, नेपाली काँग्रेसका नेता भरत केसी, जनमुक्ति पार्टीका यूवा नेता डिबि थापा, जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, दलित मुक्ति मोर्चाका गणेश खाती, राष्ट्रिय महिला आयोगका पूर्व सदस्य धनेश्यवरी चौधरी, दलित अभियान्ता नर बहादुर सुनारले बोल्दै जातीय विभेदका आधारमा भएको घटनामा संलग्नलाई कारवाहीको माग गरेका थिए ।

जेठको पहलिो हप्ता १३ वर्षीया किशोरी अंगिरा पासी देवदह-२ स्थित रोहिणी खोला किनारमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

स्थानीय २६ वर्षीय वीरेन्द्र भरसँग भेटिएकी अंगिरालाई भोलिपल्ट स्थानीयको भेलाले वीरेन्द्रकै जिम्मा लगाएको थियो।

रातिको समयमा परपुरुषसँग भेटिएको भन्दै स्थानीयले वडा अध्यक्ष अमरबहादुर चौधरीको उपस्थितिमा वीरेन्द्रको जिम्मा लगाएका थिए। सोही साँझ किशोरी खोला किनारमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

किशोरीको शव भेटिएको तीन दिनपछि किशोरीकी आमा शान्ति पासीले छोरोको बलात्कारपछि हत्या भएको दाबीसहित प्रहरीमा मुद्दा दायर गरेकी थिइन्।

अंगिरा पासीको दलित भएकै कारण बलत्कारपछि हत्या भएकाले न्यायका लागि संघर्ष समिति निरन्तर आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ९ : ०७ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति