१४ आश्विन २०८०, आइतबार | October 1, 2023

सियारी गाउंपालिकाको वजेट ५१ करोड



रुपन्देही । रुपन्देहीको सियारी गाउंपालिकाले आर्थिक वर्ष २०७७/ ७८ का लागि ५१ करोड रुपैयांको वजेट प्रस्ताव गरेको छ । गांउपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै ५० करोड ९५ लाख ६२ हजार रुपैयांको वजेट प्रस्ताव गरेको हो ।

गाउंपालिका उपाध्यक्ष अमृता गुरुङले सातौं गाउंसभामा बुधबार वजेट प्रस्तुत गर्दै कूल वजेटमध्ये चालु तर्फ ३० करोड ११ लाख र पुंजीगततर्फ २० करोड ८४ लाख रुपैयां विनियोजन गरेको जानकारी गराइन् ।

कृषि तथा पशु सेवातर्फका कार्यक्रममा २ करोड ४३ लाख, न गरिएको जानकारी गराइन् । वजेटमा आम्दानीका स्रोतहरुतर्फ आन्तरिक राजस्व ६ करोड, संघीय सरकार वित्तीय समानीकरण अनुदान १२ करोड ६२ लाख, संघीय सरकारबाट सशर्त अनुदान २० करोड ४० लाख, संघीय सरकारबाट राजस्व बांंडफांटबाट ७ करोड ९२ लाख र संघीय सरकारबाट विशेष अनुदान १ करोड आम्दानी हुने उल्लेख छ ।

यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ५४ लाख ६२ हजार, प्रदेश सरकार राजस्व बांडफांट ३७ लाख ५७ हजार, प्रदेश सरकार विशेष अनुदान ६० लाख हुने वजेटमा उल्लेख छ । कृषिउपज संकलन तथा भण्डारण गृह तथा दुग्ध प्रशोधन उद्योग साझेदारीमा निर्माणका लागि रु। ५०–५० लाखका दरले १ करोड विनियोजन भएको छ । स्वास्थ्यतर्फ गाउँपालिकाबाट ६६ लाख ८८ हजार र संघीय सरकारबाट २ करोड ३२ लाख विनियोजन गरिएको छ ।

घरदैलो ज्येष्ठ नागरिक उपचार कार्यक्रमका लागि ४ लाख र सुत्केरी महिला भेट कार्यक्रमका लागि १ लाख ५० हजार विनियोजन भएको छ । शिक्षातर्फ गाउँपालिकाबाट १ करोड ५६ लाख विनियोजन गरिएको छ । कोभिड–१९ को मनोवैज्ञानिक असरलाई न्युनिकरण गर्दै सुरक्षा उपाय सहित विद्यालय सञ्चालनका लागि ५ लाख ९४ हजार विनियोजन गरिएको छ ।

युवा खेलकुद कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ । महिला, बालबालिका तथा लक्षित वर्ग अन्र्तगत जम्मा रु। ८० लाख विनियोजन गरिएको छ । वजेटमा अपाङ्गता भएका व्यक्तिका लागि सबै वडामा आयमूलक कार्यक्रम सञ्चालनका लागि ७ लाख,ढाका उद्योग सञ्चालनका लागि ७ लाख र अति विपन्न तथा कोभिड–१९ प्रभावितका लागि सिप तथा आयमुलक तालिम तथा व्यवसाय संचालन सहायताका लागि ४९ लाख विनियोजन गरिएको छ ।

कोभिड १९ को महामारीको विद्यमान परिस्थिति, न्युन आयस्रोत र नगरवासीको उच्च आकांक्षालाई मध्यनजर गरी महामारीले नकरात्मक प्रभाव पारेका सामाजिक र आर्थिक क्षेत्रको पुनर्उत्थान गरी समृद्धिको यात्रालाई जारी राख्न यो बजेट सार्थक हुने गाउँपालिका अध्यक्ष अयोध्या थारुले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ९ : ४६ बजे

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन

गुल्मी । “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

त्रिवेणी । पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ

सुन तस्करी प्रकरण : छानबिन आयोग आजै गठन गर्न नेताहरु सकारात्मक

काठमाडौं । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन

लगातार घट्दै सुनचाँदीको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं । आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।