२३ श्रावण २०८३, शनिबार | August 8, 2026

सियारी गाउंपालिकाको वजेट ५१ करोड



रुपन्देही । रुपन्देहीको सियारी गाउंपालिकाले आर्थिक वर्ष २०७७/ ७८ का लागि ५१ करोड रुपैयांको वजेट प्रस्ताव गरेको छ । गांउपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै ५० करोड ९५ लाख ६२ हजार रुपैयांको वजेट प्रस्ताव गरेको हो ।

गाउंपालिका उपाध्यक्ष अमृता गुरुङले सातौं गाउंसभामा बुधबार वजेट प्रस्तुत गर्दै कूल वजेटमध्ये चालु तर्फ ३० करोड ११ लाख र पुंजीगततर्फ २० करोड ८४ लाख रुपैयां विनियोजन गरेको जानकारी गराइन् ।

कृषि तथा पशु सेवातर्फका कार्यक्रममा २ करोड ४३ लाख, न गरिएको जानकारी गराइन् । वजेटमा आम्दानीका स्रोतहरुतर्फ आन्तरिक राजस्व ६ करोड, संघीय सरकार वित्तीय समानीकरण अनुदान १२ करोड ६२ लाख, संघीय सरकारबाट सशर्त अनुदान २० करोड ४० लाख, संघीय सरकारबाट राजस्व बांंडफांटबाट ७ करोड ९२ लाख र संघीय सरकारबाट विशेष अनुदान १ करोड आम्दानी हुने उल्लेख छ ।

यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ५४ लाख ६२ हजार, प्रदेश सरकार राजस्व बांडफांट ३७ लाख ५७ हजार, प्रदेश सरकार विशेष अनुदान ६० लाख हुने वजेटमा उल्लेख छ । कृषिउपज संकलन तथा भण्डारण गृह तथा दुग्ध प्रशोधन उद्योग साझेदारीमा निर्माणका लागि रु। ५०–५० लाखका दरले १ करोड विनियोजन भएको छ । स्वास्थ्यतर्फ गाउँपालिकाबाट ६६ लाख ८८ हजार र संघीय सरकारबाट २ करोड ३२ लाख विनियोजन गरिएको छ ।

घरदैलो ज्येष्ठ नागरिक उपचार कार्यक्रमका लागि ४ लाख र सुत्केरी महिला भेट कार्यक्रमका लागि १ लाख ५० हजार विनियोजन भएको छ । शिक्षातर्फ गाउँपालिकाबाट १ करोड ५६ लाख विनियोजन गरिएको छ । कोभिड–१९ को मनोवैज्ञानिक असरलाई न्युनिकरण गर्दै सुरक्षा उपाय सहित विद्यालय सञ्चालनका लागि ५ लाख ९४ हजार विनियोजन गरिएको छ ।

युवा खेलकुद कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ । महिला, बालबालिका तथा लक्षित वर्ग अन्र्तगत जम्मा रु। ८० लाख विनियोजन गरिएको छ । वजेटमा अपाङ्गता भएका व्यक्तिका लागि सबै वडामा आयमूलक कार्यक्रम सञ्चालनका लागि ७ लाख,ढाका उद्योग सञ्चालनका लागि ७ लाख र अति विपन्न तथा कोभिड–१९ प्रभावितका लागि सिप तथा आयमुलक तालिम तथा व्यवसाय संचालन सहायताका लागि ४९ लाख विनियोजन गरिएको छ ।

कोभिड १९ को महामारीको विद्यमान परिस्थिति, न्युन आयस्रोत र नगरवासीको उच्च आकांक्षालाई मध्यनजर गरी महामारीले नकरात्मक प्रभाव पारेका सामाजिक र आर्थिक क्षेत्रको पुनर्उत्थान गरी समृद्धिको यात्रालाई जारी राख्न यो बजेट सार्थक हुने गाउँपालिका अध्यक्ष अयोध्या थारुले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ९ : ४६ बजे

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिको एजेन्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय,

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली । युवा नेतृत्वको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा

एनपिएलको आगामी सिजन हरमितको कप्तानीमा खेल्दै जनकपुर बोल्ट्स

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर

प्रधानमन्त्रीको एकपछि अर्को स्टाटस : नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए सुधार सम्भव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका