७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपाको विवाद जनसंगठनसम्म, लकडाउन खुकुलो भएपछि आयो किसान महासंघको कडा विज्ञप्ति



बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको अन्तद्वन्द्व पार्टीका जनसंगठनहरुमा पनि बिस्तारै देखिन थालेको छ । जनवर्गीय संगठनको एकीकरण गर्दा नेताहरुले भागवण्डा गरेको नेतृत्वका आधारमा ती संगठनका नेतृत्वले गुटलाई फाईदा पुग्ने गरी बेलाबेखत बक्तब्य पनि निकाल्ने गरेकाछन् ।

त्यसको पछिल्लो उदाहरण बनेको छ नेकपा निकट किसानहरुको संगठन अखिल नेपाल किसान महासंघ ।

एकीकरण अगाडि तत्कालिन एमाले नेता वामदेव गौतमले परिवारभित्रै सिमित बनाएर राखिएको किसान महासंघलाई एकिकरण पश्चात वामदेवको विश्वासपात्र हरि पराजुलीलाई संयोजक र प्रचण्डका विश्वास पात्र चित्रबहादुर श्रेष्ठलाई सह संयोजक बनाएर संगठनको एकीकरण टुङ्याईएको थियो ।

पार्टीभित्र दुई अध्यक्ष र ३ गुटबीच कटाक्ष चलिरहेका बेला लकडाउन कडा हुँदासम्म चुपचाप बसेको महासंघको नामबाट विज्ञप्ति प्रकाशित गर्दै सरकारले नेपाली कृषि र किसानलाई ध्वस्त गर्ने गरी कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा विदेशी लगानी खोल्ने नीतिगत व्यवस्था गर्न लागेको आरोप लगाएको छ ।

महासंघका संयोजक हरि पराजुली र सह संयोजक चित्रबहादुर श्रेष्ठले बिज्ञप्ति निकाल्दै सरकारको किसानविरोधी चिन्तनका कारण भारतीय तरकारी र विदेशी फलफूलहरु विनारोकटोक देशमा भित्रिने तर स्वदेशी तरकारीको खरिद–विक्रिमा अवरोध सिर्जना गर्ने काम गरेको टिप्पणी गरेका छन् ।

विज्ञप्तिमा विदेशी तरकारीलाई स्वागत गर्ने र नेपाली तरकारी र फलफूल डोजर चलाएर खाल्डोमा गाड्नेहरुलाई सरकारले प्रोत्साहन गरेको उल्लेख गरिएको छ ।

महासंघले सरकारले कोरोना महामारीलाई दृष्टिगत गर्दै नीति तथा कार्यक्रम ल्याएको बताएपनि कृषि क्षेत्र र किसानहरुको बारेमा संघीय सरकारले कुनै राहतको प्याकेज नल्याएको आरोप लगाउंदै बजेटमा पनि कृषि क्षेत्रलाई प्राथमिकता नदिएको बताएको छ ।

नेपाली जनताको मुख्य बाली र देशको अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्ने धान रोपाइँको समयमा आवश्यक मल तथा बिउको अभाव देखिएको भन्दै किसान महासंघले देशका विभिन्न भागहरुमा मकै र अन्य बालीहरुमा अमेरिकी फौजी कीराको आक्रमणले समस्याग्रस्त बनाउँदा पनि सरकारले बेवास्ता गरेको बताएको छ ।

‘अविलम्ब मल, बीऊ र फौजी कीराको समस्या समाधान गरियोस्’,बिज्ञप्तिमा भनिएको छ ।

व्यावसायिक किसानहरुले व्यवसाय प्रवर्द्धन र गरिब तथा साना किसानहरुले जीवन निर्वाहका लागि विभिन्न बैंक, लघुवित्त, सहकारी तथा समूहहरुबाट लिएको ऋणको साँवा–ब्याज र लकडाउन अवधिको सम्पूर्ण किस्ता असारमा एकमुष्ठ भुक्तान गर्न वित्तीय संस्थाहरुले ताकेता गरिरहेको बताउंदै महासंघको विज्ञप्तिमा बैंक ताकेता र ऋणको भारका कारण कतिपय गरिब किसानहरुले आत्महत्याको गलत र कठोर बाटो लिनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।

महासंघले भनेको छ, ‘लकडाउन अवधिको किसानहरुको सम्पूर्ण ऋणको व्याज मिनाहा र ऋणको पुनःतालिकीकरण गरी लकडाउन खुलेपछि सोही अनुसार किस्ता भुक्तान गर्ने व्यवस्था गरियोस् ।’

महासंघले लकडाउन अवधिमा किसानहरुको उत्पादन र बजारमा पुगेको अवरोधबाट भएको नोक्शानीका लागि राहत तथा पुनः उत्पादनका लागि सहज वातावरण तयार गर्न र विशेष राहत प्याकेज घोषणा गर्न समेत माग गरेको छ ।

विज्ञप्तिको अन्त्यमा किसानहरुको पक्षमा नेकपा नेतृत्वको सरकारले वर्गपक्षधरता देखाउँदै किसानहरुलाई कठोर संघर्षको बाटो अपनाउन बाध्य नपारोस् भन्दै चेतावनी समेत दिईएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ७ : ४२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११