१६ मंसिर २०८०, शनिबार | December 2, 2023

प्रदेश ५ मा थपिँदै कोरोना परीक्षण मेसिन, घट्दै कोरोना सङ्क्रमित



बुटवल । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहे पनि प्रदेश ५ मा निको हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ ।

परीक्षणको दायरा फराकिलो पारिएसँगै घर फर्किने क्रम बढेपछि कोरोनाबारेको मनोवैज्ञानिक त्रास पनि कम हुँदै गएको छ । रुपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिन थप भएपछि परीक्षण अझै तीव्र गतिमा हुने छ ।

एउटा पीसीआर मेसिन भएकोमा अब भने दुईवटा मेसिनबाट पीसीआर मेसिनबाट कोरोना चेकजाँच हुनेछ । प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालले अब परीक्षणको दायरा पहिलेभन्दा दोब्बर हुने बताउनुभयो ।

नेपालगञ्जमा अधिकांश कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि क्रमशः बाँके जिल्ला कोरोना मुक्त हुन थालेको छ । बिहीबार मात्रै २३ जना सङ्क्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार अब ५९ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।

भैरहवामा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिन थप भएको छ । एउटा पीसीआर मेसिन भएकोमा अब दुईवटा मेसिनबाट पीसीआर मेसिनबाट कोरोना भाइरसको परीक्षण हुनेछ । अहिलेसम्म दैनिक दुई सयसम्म परीक्षणको क्षमता रहेको यो प्रयोगशालामा अब दैनिक तीन सयसम्म स्वाब परीक्षण गर्न सकिने प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्रप्रसाद गिरिले जानकारी दिनुभयो ।

थप गरिएको मेसिनले आइतबारदेखि पूर्ण क्षमतामा परीक्षण सुरु गर्ने उहाले बताउनुभयो । पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढेको छ । बिहीबार मात्रै देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका थप १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले योसँगै पाल्पामा ३७२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : ३२ बजे

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

काठमाडौ । सुनको सिक्री लुटेर भाग्ने पक्राउ परेका छन् ।

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो

कोप २८ लाई नेपालले अवसरको रुपमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको