१४ चैत्र २०८२, शनिबार | March 28, 2026

प्रदेश ५ मा माछामासुमा कालोबजारी, बाँकेमा प्रशासनको हस्तक्षेप अन्य जिल्लामा लुट



बुटवल। चैत ११ गतेबाट जारी गरेको लकडाउन सरकारले असार १ गतेबाट खुकुलो बनाएको छ । झण्डै २ महिना कडा बनाईएको अवधिमा परेको घाटा असुल गर्न लकडाउन खुकुलो बनाएसँगै कतिपय व्यवसायी आफुखुसी मुल्य लगाएर उपभोक्ताको ढाड सेक्ने कर्ममा लागेका छन् ।

झण्डै २ महिनामा भएको घाटा पुर्ति हुने गरी प्रदेश नम्बर ५ को रुपन्देही, बाँके लगायतका जिल्लामा कुखुरा व्यवसायीले कुखुराको मुल्यमा कालो बजारी गरिरहेकाछन् ।

व्यवसायी संघले आफु खुसी मुल्य निर्धारण गरेर कुखुराको मासु, अण्डा र ज्युदो कुखुराको बिक्रि वितरण भैरहेको छ ।

लकडाउन पुर्व २८० देखि ३२० रुपैयाँ प्रति केजी ब्वाईलर कुखुराको मासु बिक्रि भइरहेकोमा बजारमा यतिबेला कुखुराको मासुको मुल्य ४५० पु¥याईएको छ भने २४० प्रति केरेट अण्डाको मुल्य ३६० पु¥याईएको छ । खसीको मासु ७०० देखि ८०० बाट बढाएर १००० देखि ११०० बनाईएको छ ।

व्यवसायीले आफुखुसी मुल्य निर्धारण गरेर कालोबजारी गरेपछि बाँकेमा भने प्रशासनले बजार मुल्यमा हस्तक्षेप गरेको छ । व्यवसायीले तोकेको मुल्यमा प्रशासनले हस्तक्षेप गर्दै बाँकेमा खसीको मासु प्रति केजी अधिकतम ८००, ब्वाईलर कुखुराको मुल्य अधिकतम ३५० प्रति केजी कायम गरिएको छ ।

तोकिएको मुल्य भन्दा बढीमा बिक्रि बितरण गरिएमा कालोबजारी ऐन अनुसार कारवाही गरिने बांकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

बाँकेमा प्रशासनको हस्तक्षेपमा मुल्य नियन्त्रण भएपनि रुपन्देहीमा भने मासु व्यवसायीले कालो बजारी गर्न छाडेका छैनन् । पसलमा खुल्लेआम मुल्यसुचि टाँसेर लकडाउन पुर्व भन्दा झण्डै ८० प्रतिशत मुल्य वृद्धि गर्दा पनि प्रशासनले बजार अनुगमन समेत गरेको छैन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कसैको उजुरी नआएकाले त्यसतर्फ प्रशासनको ध्यान नगएको बताउँदै बजार अनुगमन गरिने बताए । खबरकुरासँग कुरा गर्दै उनले भने, ‘मासुको मुल्य बिषयमा उजुरी नआएर हो, अव हामी तुरुन्तै हेर्छौं ।’

यद्यपी, लकडाउन खुकुलो बनाइरहँदा सरकारले माछामासु, मदिरा, रेष्टुरेण्ट, बार [मदिरालय]लाई अत्यावश्यक वस्तुमा राखेको छैन । राज्यले अत्यावश्यक वस्तु नभने पनि मदिरा माछामासु लगायतमा पसलहरु बिना रोकतोक खुलिरहेकाछन् ।

बजारमा व्यवसायीले आफुखुसी मुल्य आकाशमा पु(याउँदा पनि राज्यसंयन्त्रले मौनता साँधेर
बसेको देखिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ९ : १३ बजे

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति