१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

तथाकथित ‘कोरोना भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको चेतावनी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका हाइप्रोफाइलहरुले कोरोना भाइरस रिमुभिङ कार्ड घाँटीमा झुण्डयाएकोमा आश्चर्य व्यक्त गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नजोगाउने बरु मानव स्वास्थ्यलाई नै गम्भीरु असर पर्ने चेतावनी दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा सहभागी नेताहरुले भाइरस रिमुभिङ कार्ड भन्दै घाँटीमा भिरेका थिए ।

नेताहरुले कोरोना जन्तर भन्दै घाँटीमा भिरेको त्यो कार्ड नेता माधवक कुमार नेपालले बाँडेका थिए । तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले कहिँ कतैबाट पुष्टि नभएको त्यस्तो कार्ड प्रष्तिष्ठित व्यक्तिहरुले नै भिरेको देखेर व्यंग्य समेत गरे ।

कोरोना संक्रमण रोक्न/नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.  गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सो मा गम्भिर असर गर्ने बताए । गौतमले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गरे ।

संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायराम ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाका नममा भ्रम नछर्न आग्रह समेत गरेका छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने कुनै विधि र प्रकृया सुरु भएको उनको भनाइ छ । । उनले भने ‘‘अहिलेसम्म कुनै पनि यस किसिमको कार्ड पत्ता लागेको छैन् । यस किसिमको विधि र प्रकृया सुरु नै भएको छैन् । यदि यस्तो भएको भए संसारभरी नै यस्तो अवस्था आउने थिएन् होला । यस्ता विधिहरु प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रकृया अनुसार सरकारले नै वितरण गर्नेछ ।’’

संकटको अवस्थामा समाजमा भएका केही व्यक्तिले भ्रम फैलाउन अवशर फर्खिने गरेको उनले बताए । भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गालामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।

नेकपा स्थायी समिति सदस्यहरुले शुक्रबार बैठकमा सहभागिता जनाउँदा ‘कोरोना रिमुभिङ कार्ड’ गालामा झुण्ड्याएका थिए । सामाजिक सञ्जालमा समेत सो कुराको चर्को आलोचना भइरहेको छ ।

यो कार्डले कोरोना भाइरसको संक्रमणबाट कसैलाई नजोगाउने बरु मुटु, फोक्सो लगायतमा मानव अंगमा गम्भीर असर पार्नसक्ने चेतावनी गौतमले दिए ।

गौतमले भनेका छन्, ‘ हालसम्म भाइरस रिमुभिङ कार्ड पत्ता लागेको छैन । यस्तो विधि भएको भए संसारभर यस्तो कठिनाई हुँदथ्थ्यो होला ।’

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ४ : ५४ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७