१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

कार दुर्घटनामा बुटवलका पत्रकार पाण्डेको मृत्यु



बुटवल । आफैले चलाएको कार दुर्घटनामा परी बुटवलका पत्रकार कृष्ण (बाबु) पाण्डेले मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभरटोलमा मध्यराती भएको सवारी दुर्घटनामा परि न्यूज २४ का बुटवल सम्बाददाता कृष्ण (बाबु) पाण्डेको मृत्यु भएको हो ।

मध्यराती बुटवलदेखि आफ्नो निवास नयामिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटनामा परी घाईते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षिय पाण्डेको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा मृत्यु भएको हो ।

सडक किरानाको फलामे बारमा ठोक्कीन पुग्दा दुर्घटना भएको थियो । पोष्ठमार्टमका लागि पाण्डेको शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध पाण्डे दर्जनौ म्युजिक भिडियोहरुमा खेलेका छन । उनि न्यूज २४ को बुटवल सम्बाददाता थिए । पाण्डे पावर न्यूज नेपाल डटकमका सञ्चालकसमेत हुन ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : १६ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति