१० जेष्ठ २०८३, आइतबार | May 25, 2026

प्रधानमन्त्री ओलीको खुलासा, – आफ्नो भूमि समेटेर नक्सा सच्चाउँदा मलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका केही शक्तिहरुले आफुलाई प्रधानमन्त्रीबाट हटाउन खोजिरहेको दाबी गरेका छन् ।

मदन भण्डारीको ६९ औं जन्मोत्सवका अवसरमा मदन भण्डारी फाउन्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको दाबी गरेका हुन् ।

ओलीले नेपालको नक्शा सच्चाएबापत प्रधानमन्त्रीबाट हटाउन खोजे पनि नेपाली राष्ट्रियता त्यति कमजोर नभएको जिकिर गरे ।

उनले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलिएको भन्दै त्यस्तो प्रयास असफल हुने दाबी गरे ।

उनले भने, ‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ,’ प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा बताए। ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछु भनेको छ भने, यो नसोचे हुन्छ।’

नेपालले अरुको जमिन हस्तक्षेप नगरेका तर अरुले अतिक्रमण गरेको आफ्नो जमिन नछोड्ने बताउँदै अतिक्रमित जमिन फिर्ता गरेरै छाड्ने पनि प्रतिवद्धता जनाउँदै उनले भने, ‘हामीलाई हाम्रो भूमि फिर्ता चाहियो । प्वाइन्ट अफ नो रिजन ।’

ओलीले थप भने, ‘अहिले केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ। संविधान संशोधन गरेर नक्सा सँच्याउने अपराध गर्नेलाई राख्नै नहुने भनिएको छ। यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ,’ उनले भने, ‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो। हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता वहकाऊमा फस्ने छैन। कोशिस् गर्नेलाई गर्न दिउँ।’

प्रधानमन्त्री ओलीले चीनसँग पारवहन सम्झौता गर्दा आफ्नो सरकार ढलेको स्मरण समेत गरे । उनले भने, ‘तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोशिस गर्नेलाई गर्न दिऔं। कसैले हतार नगरे हुन्छ। मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन। यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न। आजका लागि होइन भोलिका लागि। आफ्ना लागि होइन देशका लागि।’

उसले नबनाऊ भन्दा भन्दै संविधान बनाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसकै कारण नाकाबन्दीको सामना गरेको बताए । ओलीले भारतवेष्ठित परिस्थितिलाई परिवर्तन गर्नै खोजेको स्पष्ट पारे । छ उनले भने, ‘हिमाल क्रस गर्न सक्छौं, दुईमध्ये दुवै छिमेकीसँग यातयात र पारवहनमा भुपरिवेष्ठित भएर बस्नु पर्दैन, यातायात र पारवहनमा एक देशबाट मात्रै छेकिएर बस्नु पर्दैन भनेर हामीले मौका पाउने बित्तिकै चीनसँग यातायात तथा पारवहन सन्धि गर्यौ ।,’

प्रधानमन्त्री ओलीले यतिबेला कुनैपनि विषयमा बहकिन जरुरी नरहेको भन्दै साम्प्रादायिकताका आधारमा विग्रह पैदा गर्नेहरु परास्त हुने दाबी गरे ।

मदन भण्डारीको विचारबाट चलेको पार्टीलाई कमजोर नआक्न पनि उनले सुझाव दिए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ३ : ०० बजे

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक, पार्टी पुनर्गठनका लागि कार्यदल गठन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

‘इमान्दार कार्यकर्ता अपहेलित भए’ भन्दै उमाशंकर अरगरियाले छोडे एमाले

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य प्रत्याशी

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको