७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ घण्टामा कोरोना भाइरसका ४६३ जना संक्रमित थपिए



काठमाडौं । आइतबार कोरोना भाइरका ४६३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा १०५ महिला र ३५८ पुरुष गरी ४६३ जना नयाँ संक्रमित थपिएको जानकारी दिइएको हो ।

हालसम्म नेपालका ७७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । देशभर १२ हजार ७७२ जना संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये १ हजार ४७४ महिला र ११ हजार २९८ पुरुष रहेका छन् ।

हालसम्म ३ हजार १३ जना निको भएर घर फर्किएका छन् । जसमध्ये २५५ जना महिला र २ हजार ७५८ जना पुरुष रहेका छन् । आइतबार १८९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ ।

आइतबार देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ४ : २९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११