४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्पेनिस ला लिगा : रियल मड्रिड उपाधि होडमा बलियो, बार्सिलोनासँग बनायो दुई अंकको दूरी



काठमाडौं । रियल मड्रिडले उपाधि होडलाई थप बलियो बनाएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पुछारको क्लब स्पानियोलमाथि संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा फर्किएको हो ।

अवे मैदानमा भएको खेलमा स्पानियोलमाथि १–० को जित निकालेसँगै रियल मड्रिडले दोस्रो स्थानमा झरेको बार्सिलोनासँगको अंक दूरी दुई कायम गरेको छ ।

रियल मड्रिडका लागि ४५ औँ मिनेटमा कासेमिरोले गरेको गोल नै महत्वपूर्ण जितका लागि निर्णायक बन्यो । स्पानियोलले गोल गर्ने धेरै मौका पाएको थियो, तर रियल मड्रिडका गोलरक्षक थिबाउटले उत्कृष्ट बचाउ गरे ।

जितपछि रियल मड्रिडको ३२ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान ३२ खेलबाट ६९ अंक रहेको छ ।

रियल मड्रिडले सन् २०१२ यता ला लिगाको उपाधि जित्न सकेको छैन । अब लिगमा बाँकी रहेका सबै ६ खेलमा जित वा पाँच खेलमा जित र एकमा बराबरी गरेमा उसले उपाधि जित्ने छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा लेभान्टेले रियल बेटिसलाई ४–२, भिल्लारियलले भ्यालेन्सियालाई २–० तथा एइबरले ग्रानाडालाई २–१ ले पराजित गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ५१ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज