१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा पानी पर्ने, केही स्थानमा बाढी पहिरोको जोखिम



काठमाडौं । अहिले देशभर मनसुनी (दक्षिण पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहनुकासाथै मनसुनी न्युन चापीय रेखा पनि नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभरको मौसममा सामान्य देखि पुर्ण बदली रहेको छ भने केही स्थानहरुमा वर्षा भईरहेको छ। पछिल्लो ३ घण्टा सुदरपश्चिम प्रदेश र प्रदेश ५ का अधिकांश स्थानमा हल्कादेखि मध्यम बर्षा भएको छ ।

जसका कारण मोहना, मछेली, कान्द्रा लगायत कैलाली, कञ्चनपुर, सुर्खेत र डोटी भई बहने साना खोलामा बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश १, २, ५ र सुदुरपश्चिम प्रदेशका एक, दुइ स्थानमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ५६ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति