४ पुस २०८२, शुक्रबार | December 19, 2025

किर्ते अभियोगमा यातायात कार्यालय धनगढीका दुई कर्मचारी सहित चोरीमा संलग्न १० जना पक्राउ



कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मोटरसाइकल चोरी गरी नक्कली कागजात समेत बनाइ त्यस्ता मोटरसाइकलहरु किनबेच तथा प्रयोग गर्ने गिरोहलाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीका दुई कर्मचारी सहित कागजात कित्र्ते प्रकरणमा संलग्न गिरोहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार पत्रकार सम्मेलन गरी चोरी तथा कित्र्तेमा संलग्न गिरोहलाई पक्राउ गरेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार उक्त गिरोहमा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई पक्राउ परेका हुन । यस्तै उक्त गिरोहमा संलग्न कैलाली र कञ्चनपुरका विभिन्न स्थानका थप १० जना पनि पक्राउ परेको क्षेत्रीले बताउनुभयो ।

पक्राउ पर्ने सबै कञ्चनपुरका रहेका र उनीहरु लामो समय देखि मोटरसाइकल लगायतका सवारी साधन चोरी र नक्कली कागजपत्र बनाएर विक्री गर्ने काममा सक्रिय रहेको उहाले बताउनुभयो ।

उनीहरुबाट ८ वटा मोटरसाइकल समेत बरामद गरिएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ३ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको