८ बैशाख २०८१, शनिबार | April 20, 2024

जग्गावालालाई थाहै छैन, दलालले २ पटक बेचिसके गरीबको जग्गा



बुटवल । रूपन्देहीको सांस्कृतिक नगरपालिकामा नक्कली जग्गाधनीसहित सबै कागजात किर्ते तयार गरी एक व्यक्तिको जग्गा अर्काका नाममा किनबेच गरिदिएकोे रहस्य खुलेको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नागरिकताको किर्ते प्रमाण बनाएर एकजना किसानको जग्गा अर्कैलाई जग्गा विक्री गरिएको रहश्य खुलेको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रामजान अलि मियाँको सिफारिसमा नक्कली नागरिकता बनाएर गरीब कोहारको नाममा रहेको करोडौ रूपैयाँ मूल्यको १० कठ्ठा जग्गा कोहारलाई पत्तै नदिएर विक्री गरिएको हो । किर्ते काम गर्ने कार्यमा मालपोत कार्यालयका कर्मचारीको समेत संलग्नताको आशंका गरिएको छ ।

नगरपालिकाको वडा नम्बर १० मधुवनीका ६९ वर्षिया गरीब कोहारको नाममा रहेको कित्ता नम्बर ४८८ मा ९ कठ्ठा १ धुर र कित्ता नम्बर ५०७ मा १ कठ्ठा १६ धुर जग्गा उनको गैर हाजिरीमा गएको फागुन १८ गते बिक्री गरिएको पाइएको हो । उक्त स्थान साविक मधुवनी गाविस वडा नम्बर–६ मा पर्छ । वडाध्यक्ष अलि मिया अहिले फरार छन् ।

गरीब कोहारको नाममा रहेको जग्गा वडा अध्यक्षले भारतीय नागरिक आफ्ना ससुरालाई नक्कली नागरिकता बनाईदिएर जग्गा बिक्री गरेको पीडित पक्षको आरोप लगाएको छ । वडा अध्यक्षका ससुरा भारतीय नागरिक रहेको स्थानीयबासीले जानकारी दिएका छन् । हाल उनी पनि फरार छन् । जग्गा विक्री गर्न प्रयोग भएको नागरिकता नक्कली भएको जिल्ला प्रशासन कार्यालय, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अर्कै फोटो टाँसेर गरिब कोहारकै नाममा प्रथम प्रतिलिपी नागरिकता जारी भएको छ । उक्त नागरिकतामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा रहँदै नरहेका प्रशासकीय अधिकृत तोयनारायण अर्यालको हस्ताक्षर छ । तर, प्रशासनमा भने नागरिकताको प्रतिलिपि लिइएको विवरण नभएको तामाङले बताए ।

वास्तविक जग्गा पीडित गरीब कोहारले वडाध्यक्षले सर्जमिन नक्कली गरेर आफ्नो जग्गा अर्कैको नाममा बेचिएकोे बताए । ‘वडा अध्यक्षले मियाले ससुराका नाममा फर्जी नागरिकता बनाएर बनाएर मेरो जग्गा विक्री गरेछ । ‘ऋण निकाल्न चार किल्ला सिफारिसको लागि वडा कार्यालयमा जाँदा सिफारिस नपाएपछि बल्ल मेरो जग्गा त अर्कैले विक्री गरिसकेको थाहा पाएँ’ गरिबले भने । स्थानीय घनश्याम गुप्ताले सबै किर्ते कार्य वडाध्यक्षकै योजनामा भएको बताए ।

आफ्नो जग्गा नक्कली नागरिकता बनाएर विक्री गरी बैंकबाट ऋण लिँदासमेत जग्गाका असली मालिक गरिव बेखबर रहेका थिए । जग्गा बिक्रि भएको थाहा पाएलगत्ते गरिव कोहारले आवश्यक छानविन गरी दोषीलाई कारवाही र आफ्नो जग्गा पाउनुपर्ने माग गर्दै मालपोत कार्यालय, रूपन्देही र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी सहित उजुरी दिएका छन् ।

जग्गा धनी श्रेस्ताको मोठ र जग्गा धनी पूर्जामा फरक फरक व्यक्तिको फोटो टाँसिएको छ । श्रेस्ता हेर्दा फोटो फेरेर अर्को कुनै व्यक्तिको टाँसेको, नक्कली साइन गरेको र औंठा छाप लगाउँदा तीन चार पटक लगाएर नबुझिने बनाएको देखिन्छ । मालपोतको कर्मचारीको संलग्नता बिना यस्तो काम असम्भव भएको एकजना जानकार जग्गा ब्यापारीले बताए । मालपोतका कर्मचारीले भने फर्जी कामको पत्ता लगाउन सकेनन् । ७० वर्षका गरीबको ठाउँमा किर्ते गर्ने व्यक्तिको फोटो ३५/४० वर्ष उमेरको जस्तो देखिन्छ । फोटोलाई कर्मचारीले दाँजेर हेरेको देखिदैन ।

नक्कली नागरिकता निकालेका व्यक्तिले ६ महिनामा उक्त जग्गा दुई पटक विक्री गरिसकेको मालपोत कार्यालयको सूचनामा देखिन्छ । २०७७ फागुन १८ गते मदनपोखरा–४ पाल्पा बस्ने सन्दीप कार्कीलाई १९ लाख ६७ हजार रुपैयाँमा बिक्री गरेको देखिन्छ । सोही जग्गा सन्दीप कार्कीले दुई महिना नबित्दै २०७८ बैशाख १२ गते यशोधरा गाउँपालिका–८ कपिलवस्तुका गोविन्दप्रसाद मल्लाहलाई एक करोड ९५ लाख रुपैयाँको थैली राखेर बिक्री गरेका छन् ।

मालपोत कार्यालय, रूपन्देहीका प्रमुख केशवराज सुवेदीले यस कार्यमा मालपोतको दोष नभएको बताए । उनले वडा कार्यालयको सिफारिस अनुसार नैं काम भएको बताए । ‘वडा कार्यालयले फोटो राखेर प्रमाणित गरेर यो गरीब कोहार हो भनेर सिफारिसको छ । सिफारिसकै आधारमा हामीले काम गरेका छौं’ सुवेदीले भने । प्रतिलिपि निकालिएको नागरिकतमा कुनै गल्ती नदेखिएको मालपोतका कर्मचारी बताउँछन् ।

सुवेदीले जिल्ला प्रशासन कार्यालय सरकारी वकिलको कार्यालयको रोहबरमा सक्कली जग्गा धनीलाई जग्गा दिलाउने प्रक्रिया अगाडि बढाउने बताए । मल्लाहले ग्लोबल आइएमइ बैँकबाट जग्गा धितो राखेर डेढ करोड ‘लोन’ समेत लिए । बैंकका कर्मचारी धितो मूल्यांकन गर्न आउँदा मात्रै वास्तविक जग्गा धनीले जग्गामा भएको गडबडी भएको कुरा बाहिर आएको थियो ।

प्रजिअ तामाङले किर्ते कार्यमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढेको जानकारी दिए । प्रशासनले पक्राउ परेका ब्यक्तिको नाम ठेगाना सार्वजनिक गरेको छैन ।

प्रजिअ तामाङका अनुसार मालपोतमा सम्बन्धित लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएर प्रशासनले मालपोतका कर्मचारी माथि पनि निगरानी शुरु गर्न भनिएको प्रहरीलाई निर्देशन गरिएको छ । । प्रहरीले जग्गा खरिद गर्ने खरिदकर्तालाई पनि नियन्त्रणमा लिएर संग्लग्न अन्यलाई खोजी गरिरहेको छ । मुलुकी फौजदारी कार्यविधि सहिंता–२०७४ अन्तरगत अहिले किर्ते मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको छ ।’ प्रजिअ तामाङले भने ।

प्रजिअ तामाङका अनुसार नागरिक प्रशासनको सफटवेयरमा भिडाउँदा नमिलेको बताईएको छ । नागरिकतामो होलोग्राम र नागरिकताको फर्म कहाँले किर्ते गर्नेले फेला प¥यो त्यो पनि खोज ीगर्न भनिएको सीसडओ तामाङले बताए ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीको इन्पेक्टर भास्कर चन्दले फरार वडा अध्यक्षको तीब्र रूपमा खोजी भइरहेको बताए । त्यसको विस्तृत अनुसन्धानमा इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्पेक्टर रवीन्द्र महत नेतृत्वको टीमले गरिरहेको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ४३ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा