२४ मंसिर २०८०, आइतबार | December 11, 2023

अफ्रिकामा रहेका नेपालीसँग एनआरएनएको स्वास्थ्य सम्वाद्



लन्डन । गैरआवासीय नेपाली संघ अन्तरगतको स्वास्थ्य समितिले अफ्रिकी मुलुकमा रहेका नेपाली समुदायसँग स्वास्थ्य सम्बन्धी अन्तरक्रिया गरेको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाको सक्रियतामा आयोजित कार्यक्रमा अफ्रिकामा रहेका नेपालीहरुले आआफ्नो क्षेत्रमा कोरोना भाइरसले पारेको प्रभावको बारेमा बोलेका थिए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कोरानो भाइरसका कारणले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि संघ सकृय रहेको वताए । पन्तले अफ्रिकी मुलुकमा रहेका नेपाली समुदायमा भएको कोराना प्रभावको बारेमा जानकारी लिएका थिए ।

दुई दर्जन भन्दा बढी सहभागी भिडियो लाइभ कार्यक्रमको संचालन एलिजा केसी भण्डारीले गरेकी थिइन् । गैरआवासीय नेपाली संघका ५ जना स्वास्थ्य सम्वन्धी विज्ञ सहभागी कार्यक्रममा सहभागीहरुले स्वास्थ्य सम्वन्धी जानकारी लिएका थिए ।

अन्तरक्रियामा डा. पुष्पराज भट्टराई, डा. विजय ज्ञवाली, डा. अर्चना श्रेष्ठ, डा. उत्तम गाउली लगायतले आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रमा हिम्मत थापा, सुरज डुम्म्रे, रोशन श्रेष्ठ, कृष्ण देवकोटा, राजमणी भण्डारी, कृष्ण भट्ट, पासाङ्ग शेर्पा, गोकर्ण अधिकारी, लगायतको बोलेका थिए ।

कार्यक्रमा नाइजेरिया, केन्या, तान्जानिया, घाना, युगान्डा, साउथअफ्रिका, अइवरीकोष्ट र मोरक्को, मोजाम्कि लगायतका देशमा नेपाली सहभागी थिए । कार्यक्रममा कोरानो संक्रमणलाई फैलिन नदिने वैज्ञानिक उपाए, मानसिक स्वास्थ्य लगायतको बारे नेपाली समुदायलाई जानकारी लिएका थिए ।

अन्तक्रियापछि गैरआवासीय नेपाली संघ अन्तर्रत अफ्रिकी मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य सम्वन्धी जानकारी लिन अफ्रिकी नेपाली स्वास्थ्य समिति गठन गरिएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ३ : ०२ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक