२० माघ २०८२, मंगलबार | February 3, 2026

बुटवलको धेरै जनघनत्व रहेको ११ नम्बर वडाको नयाँ भवन बन्ने



बुटवल । बुटवल उपमहानगरपालिकाको सबै भन्दा धेरै जनघनत्व भएको र भौगोलिक हिसाबले पनि ठूलो वडा ११ को आफ्नै कार्यालय भवन बन्ने भएको छ ।

देविनगरमा निर्माण हुने उक्त वडा कार्यालय भवनको सोमबार एक समारोहबीच उपमहानगरका नगर प्रमुख शिवराज सुवेदीले शिलन्यास गर्नुभयो । त्यसअवसरमा उहाँले निर्धारित समयमै निर्माणकार्य सक्न र भवनसंहीताको पूर्ण पालना गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुका साथै स्थानीय समुदायलाई निगरानी र समन्वय गरेर काममा सघाउन पनि आग्रह गर्नुभयो ।

करिब एक करोड बराबरको लागतमा निर्माण हुने अढाइ तले उक्त वडा कार्यालय भवन एक वर्ष भित्रमै निर्माण सक्नेगरि सर्वश्रेष्ठ विल्डर्सले निर्माणकार्यको जिम्मेवारी पाएको बुटवल उपमहानगरका सहरी पूर्वाधार विकास महाशाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

भवन शिलन्यास समारोहमा उपप्रमुख गुमादेवी आचार्य, वडा।११ का अध्यक्ष रामचन्द्र क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, वडाका राजनीतिक दल, नागरिक अगुवा र प्राविधिकहरुलगायतको उपस्थिति थियो ।

बुटवलमा यसअघि वडा नं २, ५, १० को नयाँ भवन निर्माण भएको छ । अब वडा नं. १३ को पनि केही समयमै भवन निर्माणको काम सुरु हुने छ । १९ वटा वडा रहेको बुटवलका सबै वडा कार्यालयलाई विस्तार र व्यवस्थित गर्न लागिएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । नयाँ निर्माण भएका बाहेकका वडा कार्यालयमा तला थप्ने र स्तरोन्नति गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

वडा नं. १, ४, ८ तथा १८ र १९ का पनि नयाँ भवन निर्माणको तयारी भइरहेको छ । वडा नं. १ को कार्यालय भवन जितगढी सम्पदा परिसरमा रहेका कारण त्यहाँबाट हटाइएको हो भने बाँकी चार वटा वडा कार्यालयहरु विभिन्न भवनलाई कार्यालयका रुपमा प्रयोग गर्दै आएको अवस्थामा छन् । त्यस्ता कार्यालयलाई पनि अब थप विस्तार गरेर व्यवस्थित गराइने भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।

महानगर र बृहत्त बुटवलको अवधारणाका साथ बुटवलको नीति तथा कार्यक्रम बजेट आएको छ । नयाँ प्रशासशनिक भवन निर्माण भइरहेको छ । हालको कार्यालय परिसर भन्दा पूर्वपट्टीको खाली ठाउँमा व्यवस्थित र अत्याधुनिक भवनको निर्माणकार्य अन्तिमचरणमा पुगेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ३ : ५४ बजे

बुटवल उपमहानगरपालिकामा २५ गतेदेखि एचपिभी खोप सञ्चालन हुने

बुटवल । बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

प्रतिनिधिसभा निर्वाचन : झापा-१ मा मतदाता फकाउँदै दलहरु

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन

एमाले जनताको विश्वासको घर हो : उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु प्रसाद पौडेलले

जनवरीमा मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि

मुस्ताङ । मुस्ताङको प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि

अत्यधिक चिसो भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको निर्वाचनमा