७ आश्विन २०८३, बुधबार | September 23, 2026

लकडाउन साउन ७ सम्म लम्बियो, खुकुलो अवस्था कायमै



काठमाडौं । सरकारले जारी लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले हाल जारी लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । तर लकडाउनको प्रकृति भने अहिले जस्तै नै खुकुलो हुनेछ ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाएको थियो । स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने  सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ  ।

खुकुलो लकडाउनमा उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।

सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ भने निजी सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको छ

यस्तै, बैठकले हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द नै रहने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ५९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई