२१ आश्विन २०८३, बुधबार | October 7, 2026

नेपाल र चीनबीच सीमा विवाद छैन, चीनले नेपालको अखण्डतालाई सम्मान गर्दछ : चिनियाँ राजदूत होउ यान्छी



काठमाडौं । नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएकी छिन् ।

नेपालको सरकारी अखबार गोरखापत्र र द राइजिङ नेपाललाई दिएको विशेष अन्तर्वार्तामा राजदूत होउले दुई मुलुकबीच सीमा समस्या रहेको भन्ने समाचार असत्य भ्रामक भएको जिकिर गरेकी हुन् ।

नेपाल सरकारले यसअघि नै चीनसँग सीमा विवाद रहेको भन्ने समाचार असत्य भएको भन्दै त्यस्तो रिपोर्ट तयार पार्नेहरुको खोजी भैरहेको प्रष्ट पारिसकेको छ ।

चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सधैं सम्मान गर्ने स्पष्ट गर्दै राजदूत होउले भनेकी छिन् , ‘‘नेपालले हालै प्रकाशित गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा आफ्नो सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतको आधारमा चालेको कदम हो ।’

अन्तर्वार्ताको क्रममा राजदूत होउले भनेकि छिन्, ‘कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने विश्वास छ ।’

‘नेपालले चीनको इसारामा चालेको भन्ने कुुरा आधारहीन तथा स्वार्थ प्रेरित छ’, यसमा सत्यता नभएको बताउँदै राजदूत होउले ‘यस्तो आरोप एक स्वतन्त्र देश नेपाल र नेपाली जनताको स्वाभिमानप्रति अपमान मात्र होइन, नेपाल र चीनबीचको सम्बन्धमाथिको प्रहार पनि हो’, भनेकी छिन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : २६ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द