७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल र चीनबीच सीमा विवाद छैन, चीनले नेपालको अखण्डतालाई सम्मान गर्दछ : चिनियाँ राजदूत होउ यान्छी



काठमाडौं । नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएकी छिन् ।

नेपालको सरकारी अखबार गोरखापत्र र द राइजिङ नेपाललाई दिएको विशेष अन्तर्वार्तामा राजदूत होउले दुई मुलुकबीच सीमा समस्या रहेको भन्ने समाचार असत्य भ्रामक भएको जिकिर गरेकी हुन् ।

नेपाल सरकारले यसअघि नै चीनसँग सीमा विवाद रहेको भन्ने समाचार असत्य भएको भन्दै त्यस्तो रिपोर्ट तयार पार्नेहरुको खोजी भैरहेको प्रष्ट पारिसकेको छ ।

चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सधैं सम्मान गर्ने स्पष्ट गर्दै राजदूत होउले भनेकी छिन् , ‘‘नेपालले हालै प्रकाशित गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा आफ्नो सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतको आधारमा चालेको कदम हो ।’

अन्तर्वार्ताको क्रममा राजदूत होउले भनेकि छिन्, ‘कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने विश्वास छ ।’

‘नेपालले चीनको इसारामा चालेको भन्ने कुुरा आधारहीन तथा स्वार्थ प्रेरित छ’, यसमा सत्यता नभएको बताउँदै राजदूत होउले ‘यस्तो आरोप एक स्वतन्त्र देश नेपाल र नेपाली जनताको स्वाभिमानप्रति अपमान मात्र होइन, नेपाल र चीनबीचको सम्बन्धमाथिको प्रहार पनि हो’, भनेकी छिन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : २६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११