२१ आश्विन २०८३, बुधबार | October 7, 2026

चीनले नेपाल विरुद्ध नाकावन्दी लगाएको भन्ने आरोप आधारहीन : चिनियाँ राजदूत होउ यान्छी



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि ‘नाकाबन्दी नलगाएको स्पष्ट पारेकी छिन् ।

चिनियाँ दूतावासले बिहीबार बिहान काठमाडौंमा आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले नाकावन्दीको आरोप आधारहीन भएको बताइन ।

यान्छीले चीन र नेपालबीचको व्यापार हरेक वर्ष बढ्दै गैरहेको तथ्यांक पेश गर्दै नेपालमाथि चीनले नाकावन्दी लगाएको भन्दै केही तत्वले चीन र नेपालबीचको सम्बन्ध बिगार्न प्रयत्न गरिरहेको जिकिर गरिन । राजदूत यान्छीले भनिन, ‘चीन र नेपालबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको छ । यो अघिल्लो समयकोभन्दा ६३ प्रतिशतले बढी हो । यसबाट कथित सफ्ट ब्लकेड भनिने गरेको विषय आधारहीन रहेको देखाउँछ ।’

कोरोना महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने क्रममा सीमा नाकामा पहिलाभन्दा कडाइ गर्नुपरेको उनले जिकिर गरिन । उनले कोरोना महामारीका कारण सिधा हवाई उडान रोकिएको बताउँदै त्यसलाई पुनः सञ्चालन गर्नेबारे छलफल भइरहेको जानकारी दिइन्।

राजदूत होउले नेपालमा सरकार परिवर्तन हुँदा विकास आयोजनाका नीति समेत परिवर्तन हुनेगरेकोमा दुःख व्यक्त गरिन । उनले यस्तो परिवर्तनले चिनियाँ लगानीकर्तालाई निरास बनाएको बताइन । बुढी गण्डकी आयोजना चिनियाँ लगानीकर्ताबाट फिर्ता गरेको प्रसंगमा बोल्दै यान्छीले भनिन, ‘त्यति ठूला आयोजना बनाउन लगानीकर्ताको लामो तयारी हुन्छ तर सरकार परिवर्तन भएसँगै नीति परिवर्तन हुँदा उनीहरूलाई गाह्रो हुन्छ । यस्ता ठूला आयोजना बनाउन नीतिगत निरन्तरता हुनुपर्छ।’ उनले चिनियाँ लगानीकर्ताले नेपालमा समयमै भुक्तानी नपाउने समस्या रहेको पनि बताइन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ११ : ५१ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम । हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ

उपसभापतिका उम्मेदवार देवराज चालिसेले पनि लिए उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा

दीर्घकालीन महत्वका निर्णय नगर्न गण्डकी सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन

कांग्रेस महाधिवेशन : सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि सभापति पदमा