५ श्रावण २०८३, मंगलबार | July 22, 2026

प्रदेश ५ को अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित



रुपन्देही । प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेश सभाका सदस्यले विधेयकको स्वागत गरेका थिए ।

प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले चालु खर्च धान्न नसकेका अवस्थामा सरकारले मितव्ययिता अपनाएर विधेयक ल्याएको भन्दै स्वागत गरे। अर्का सदस्य तुलाराम घर्ती मगरले कानून बनाएर मात्रै राजश्व लिन पाउने संवैधानिक व्यवस्थानुसार सरकारले विधेयक अगाडि सारेको बताए । सदस्य सन्तोष पाण्डेले जनता सम्पन्न भए कर लिनेदिने कुरा ठूलो विषय नहुने भएकाले करसँगै सेवासुविधा दिनेतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।

विधेयकमाथि उठेका विषयमा जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले केन्द्रीय कानून बाझिएकाले राजश्व बाँडफाँटको विषय टुङ्गिन समय लागेको र अब बन्ने केन्द्रीय कानूनका माध्यमबाट यसको हल गरिने प्रतिवद्धता जनाए । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले आर्थिक स्रोत वृद्धिका लागि प्रयास गरिरहेको पनि बताए। पोखरेलले भने, ‘संकलन भएको कर सरकारकै खातामा जान्छ । लेखाप्रणालीका माध्यमबाट सञ्चित कोषमा जम्मा हुन्छ । त्यसपछि मात्रै बजेटका माध्यमबाट बाँडफाँट गर्छौँ । यसको दुरुपयोग हुँदैन ।’

बैठकमा प्रमुख प्रतिपक्षी दलका उपनेता वीरेन्द्रकुमार कनौडियाले अहिले कोभिड–१९ को महामारीका समयमा क्वारेन्टिन र आइसोलेशन निर्माण तथा व्यवस्थापनमा स्थानीय तह धन्यवादका पात्र भएको बताउँदै प्रदेश सरकारको भूमिका भने कमजोर भएको टिप्पणी गरे । कनौडियाले स्वास्थ्य र कृषिको आधुनिकीकरणमा विशेष ध्यान दिनुपर्ने पनि बताए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ५ : १० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं