१० भदौ २०८३, बुधबार | August 26, 2026

लुम्बिनी प्रादेशिक अस्पतालबाट पीसीआर परिक्षण सुरु, कोरोना परिक्षणले तिब्रता पाउने बिश्वास



बुटवल । क्वारेन्टाइनमा बसेका तथा शंकास्पद अन्य नागरिकको पीसीआर परिक्षणमा ढिलाई भएका कारण जनताले दुःख पाएको गुनासो आए पछि प्रदेश ५ सरकारले बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट पनि पीसीआर परिक्षण सुरु गरेको छ ।

प्रादेशिक अस्पतालमा संचालनमा आएको पीसीआर सेवाको आज एक कार्यक्रमका बिच प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उदघाटन गरेका छन् ।

उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले लुम्बिनी अञ्चल अस्पताल रहंदा कै अवस्थामा लथालिङ्ग काम नगर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले बोर्ड परिवर्तन गर्नका लागि मात्र अञ्चल बाट प्रादेशिक अस्पताल नबनाईएको स्पष्ट पार्दै प्रदेश भरीका बिरामीको रिफर सेण्टरकारुपमा अस्पताल बन्न आवश्यक रहेको बताए । स्वास्थ्यकर्मीहरुले अञ्चल अस्पतालको मानसिकतामा काम नगर्न निर्देशन दिंदै मन्त्री बरालले सांच्चिकै प्रादेशिक अस्पताल बनाउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताए ।

मन्त्री बरालले सरकारी अस्पतालमा सेवा ढिलो हुने गरेको बताउंदै बिरामीले छिटो र छरिटो सेवा दिने ब्यवस्था मिलाउन अस्पता प्रशासनलाई निर्देशन दिए । ‘यताबाट उता रेफर गर्ने, उताबाट यता रेफर गर्ने, सानो समस्याको बिरामीलाई घण्टौ लगाउनका लागि प्रादेशीक अस्पताल बनाईएको होईन ।’ उनले भने ।

लुम्बिनी प्रादेशीक अस्पतालले मेडिकल कलेज र काठमाडांैका महङ्गो अस्पतालहरुसंग प्रतिस्पर्धा गर्न सक्नु पर्ने भन्दै उनले अस्पतालसंग जनशक्ति रहेको र प्रदेश सरकार खर्च गर्न तयार रहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष सुर्य भट्टराईले लुम्बिनी अस्पतालमा बिरामी आउंदा निको हुने बिश्वासका साथ आउने वाताबरण तयार भएको दाबी गरे ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनाल, बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुबेदी लगायतले अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाले कोभिड १९ बिरुद्धको लडाईलाई सहज बनाउने बिचार ब्यक्त गरेका थिए ।

प्रदेश नम्बर ५ मा रुपन्देही, दाङ र नेपालगन्जबाट पीसीआर परिक्षण भईरहेकोमा दाङमा १ थान पीसीआर थप र लुम्बिनी प्रादेशिक अस्पतालमा थप १ प्रयोगशाला भएपछि ५ वटा पीसीआरबाट कोरोना परिक्षण गर्न सम्बभव भएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : २९ बजे

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय