१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

लकडाउनबाट प्रभावित उद्योग पुनःसञ्चालन गर्न आग्रह



काठमाडौं । नेपाली कांग्रेसले लकडाउनबाट प्रभावित उद्योगधन्दाको सुचारुको लागि उपयुक्त आर्थिक सहयोगको व्यवस्था गर्न र साना मझौला र अनौपचारिक व्यवसायलाई विशेष सहयोगको प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस ‘कोभिड–१९ अनुगमन समिति’ का संयोजक एवं पार्टी सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्रीसँगको भेटमा कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको असर र त्यसका समाधानका बारेमा छलफल गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलले विभिन्न देश तथा भारतबाट फर्किएका युवाको रोजगारीको व्यवस्था गर्न, क्वारेन्टिन तथा अन्य आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनको लागि स्थानीय निकायलाई पर्याप्त र समयमै बजेट उपलब्ध गराउन सुझाव दिएको थियो ।

गरिब र बेरोजगारलाई रोग र भोकबाट बचाउन विशेष राहतका कार्यक्रम ल्याउन, वैदेशिक रोजगारमा गएका युवालाई स्वदेश फर्कन लाग्ने हवाई भाडामा विशेष सहुलियत प्रदान गर्न पनि सुझाव दिएको प्रतिनिधिमण्डलमा सहभागी कांग्रेसका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

त्यस्तै प्रतिनिधिमण्डलले एशियाली विकास बैंक, विश्व बैंकजस्ता विभिन्न विकास सहयोगी संस्थाबाट प्राप्त सहयोगको बारेमा जानकारी माग्नुका साथै ती सहयोगको उचित सदुपयोगको सुनिश्चितता हुनुपर्नेमा पनि अर्थमन्त्रीलाई सजग गएको थियो ।

प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई भेटी कोभिड–१९ रोकथाम र उपचारका सम्बन्धमा हाल सरकारबाट भएगरेका क्रियाकलाप तथा आगामी दिनका कार्यक्रमका बारेमा जानकारी लिई पार्टीले विगतदेखि उठाउँदै आएका विषयलाई ध्यानाकर्षण गराएको थियो ।

सहमहामन्त्री डा महत नेतृत्वको प्रतिनिधिमण्डलमा कांग्रेस केन्द्रीय सदस्य एनपी साउँद, डा चन्द्र भण्डारी, गगनकुमार थापा र मोहनबहादुर बस्नेत तथा विज्ञको तर्फबाट डा प्रभु बुढाथोकी, डा पोषराज पाण्डे र सचिव डा पराजुलीको सहभागी थियो । रासस

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ६ : १६ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक