९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

प्रदेश सरकारले आफना कार्यालय सजावटमा अनिवार्य स्वदेशी काठजन्य सामग्रीहरु प्रयोग गर्छौं : मन्त्री गिरी



बुटवल । प्रदेश सरकारले आफना कार्यालय सजावटमा स्वदेशी काठजन्य सामग्रीहरु अनिवार्य प्रयोग गर्ने उद्योग मन्त्री लिला गिरीले बताएका छन ।

फर्निचर उद्योग मैत्री नीति बजेटमा समावेश भएको भन्दै बुधबार बुटवल फर्निचर उद्योग संघले बझाएको धन्यबाद ज्ञापनपत्र बुझदै मन्त्री गिरीलाई स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने कामलाई प्रदेश सरकारको नीति रहेको दाबी गरे ।

उनले कच्चा पदार्थको सहज उपलब्ध नहुनु, स्वदेशी सामान गुणस्तर नहुनु र भाउ महङो हुदा पनि विदेशी सामग्री भित्रेको उनले गुनासो गरे । नेपालमा विदेशी श्रमिकहरुको भर पर्ने तर युवाहरु विदेश गएर न्यून मुल्यमा श्रम बेचेको छ । यसलाई रोक्न जरुरी रहेको उनले बताए । नेपाली युवालाई तालिम दिएर दक्ष बनाउने तर्फ लाग्न उनले सुझाव दिए ।

संघका सल्लाहकार विष्णु कुमार श्रेष्ठले जग्गाको समस्याका कारण २४ घण्टा मेशिन चलाउन समस्या रहेको बताए । विसं २०४६ सालदेखि औधोगिक क्षेत्रको विषय उठान गरेपनि यो समाधान नहुदा कठिनाई भएको भन्दै फनिर्चर ग्राम घोषणा गरि त्यहा उद्योग संचालनको वातावरण गराउन माग गरे ।

कार्यक्रममा बुटवल फनिर्चर उद्योग संघका अध्यक्ष विष्णु प्रसाद पाण्डे, माधव पौडेल, निवर्तमान अध्यक्ष नरेश कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुरेन्द्र ज्ञवाली, महासचिव जिवकान्त काफलेले प्रदेश सरकारले प्रविधिमा सहयोग गरे नया युवाहरुलाई तालिम संचालन गर्ने बताए । नेपालमा वर्षेनी ठुलो मात्रामा विदेशबाट आयात हुने गरेको छ ।

मलेसियाको साल नेपालमा सबैभन्दा बढी प्रयोग हुदै आएको छ । रुपन्देहीमा रहेका १ सय ७० ब्यवसायीहरु रहेका छन । रुपन्देहीमा काठको स-मिलमा न्युनतम ५० लाख बराबरको काठको कारोबार हुने गरेको छ । भने उद्योगमा २० हजार बढिले रोजगार पाउन सफल भएका छन ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ९ : ०६ बजे

कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने

काठमाडौं । वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले

तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको

कोहलपुर मालपोतका खरिदार पाण्डेसहित एकजना विचौलिया र एकजना सहयोगी पक्राउ

कोहलपुर । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार

सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छ : अध्यक्ष प्रचण्ड

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ । आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ