१३ असार २०८३, शनिबार | June 27, 2026

पार्टी एकताको भावना विपरित नजान शिर्ष नेतृत्वलाई नेकपा रूपन्देहीको खबरदारी



बुटवल । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को स्थायी समितिमा चलिरहेको विबादका बिषयमा कार्यकर्ताहरुले चासो ब्यक्त गर्न थालेका छन् । नेताहरुले पार्टी विबादलाई सतहमा लैजान थालेपछि पार्टीका स्थानीय कमिटीहरुले नेताहरुको खबरदारी गर्न सुरु गरेका छन् ।

नेकपा रुपन्देहीबाट नेताहरुको अस्वस्थ बहसमा खबरदारी गर्ने क्रम सुरु भएको छ । स्थायी समितिका विबाद सतहमा आएपछि रुपन्देहीबाट पार्टी केन्द्रिय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य, रुपन्देही ईन्चार्ज तथा प्रदेश सरकारका उद्योग, बाणिज्य , पर्यटन तथा वाताबरण मन्त्री लिला गिरी, केन्द्रिय सदस्य तथा रुपन्देहीका सह ईन्चार्ज दधिराम न्यौपाने, केन्द्रिय सदस्य तथा रुपन्देहीका सह ईन्चार्ज एकराज बिश्वकर्मा, जिल्ला कमिटी अध्यक्ष शिवराज सुबेदी तथा जिल्ला सचिव नारायण बहादुर जिसीले प्रेस नोट प्रकाशित गर्दै पार्टी भित्र आन्तरिक सहमति नभएको भन्ने सन्देश सार्वजानिक गर्ने कुराले नेता, कार्यकर्ता तथा आम जनतामा नकारात्मक प्रभाव परेको उल्लेख गरेका छन् । उनीहरुले पार्टी एकताको मुल भावना अनुरुप पार्टी एकताको बांकी कार्य टुंङ्गोमा पु¥याउन नेताहरुले आग्रह गरेका छन् ।

उनीहरुले प्रकाशित गरेको प्रेस नोटमा समाजबाद स्थापनाको ऐतिहासिक कार्यभार पुरा गर्न पार्टी एकता भएको स्मरण गराउंदै नेताहरुलाई थप जिम्मेवारीका साथ एकताबद्ध हुन, सहमतिय पद्धति अवलम्बन गर्न, पार्टी पङ्ती र आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरेका छन् । प्रेस नोटमा स्थायी समितिमा ब्यक्त धारणाका कारण पार्टी पङती र आम नागरिकमा उत्पन्न चासो र चिन्ताप्रति नेकपा रुपन्देहीको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । कोभिड १९ को महामारी, सिमा समस्या र आर्थिक संकटलाई समाधान गर्न सिङ्गो राष्ट्रिय एकताका साथ अगाडी बढ्नु नै आजको कार्यभार भएको प्रेस नोट मार्फत नेताहरुलाई सम्झाईएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ९ : ४८ बजे

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

ओलीले मानव अधिकार आयोगसँग जेन-जी आन्दोलनको प्रतिवेदन मागे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले