५ पुस २०८२, शनिबार | December 20, 2025

पार्टी एकताको भावना विपरित नजान शिर्ष नेतृत्वलाई नेकपा रूपन्देहीको खबरदारी



बुटवल । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को स्थायी समितिमा चलिरहेको विबादका बिषयमा कार्यकर्ताहरुले चासो ब्यक्त गर्न थालेका छन् । नेताहरुले पार्टी विबादलाई सतहमा लैजान थालेपछि पार्टीका स्थानीय कमिटीहरुले नेताहरुको खबरदारी गर्न सुरु गरेका छन् ।

नेकपा रुपन्देहीबाट नेताहरुको अस्वस्थ बहसमा खबरदारी गर्ने क्रम सुरु भएको छ । स्थायी समितिका विबाद सतहमा आएपछि रुपन्देहीबाट पार्टी केन्द्रिय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य, रुपन्देही ईन्चार्ज तथा प्रदेश सरकारका उद्योग, बाणिज्य , पर्यटन तथा वाताबरण मन्त्री लिला गिरी, केन्द्रिय सदस्य तथा रुपन्देहीका सह ईन्चार्ज दधिराम न्यौपाने, केन्द्रिय सदस्य तथा रुपन्देहीका सह ईन्चार्ज एकराज बिश्वकर्मा, जिल्ला कमिटी अध्यक्ष शिवराज सुबेदी तथा जिल्ला सचिव नारायण बहादुर जिसीले प्रेस नोट प्रकाशित गर्दै पार्टी भित्र आन्तरिक सहमति नभएको भन्ने सन्देश सार्वजानिक गर्ने कुराले नेता, कार्यकर्ता तथा आम जनतामा नकारात्मक प्रभाव परेको उल्लेख गरेका छन् । उनीहरुले पार्टी एकताको मुल भावना अनुरुप पार्टी एकताको बांकी कार्य टुंङ्गोमा पु¥याउन नेताहरुले आग्रह गरेका छन् ।

उनीहरुले प्रकाशित गरेको प्रेस नोटमा समाजबाद स्थापनाको ऐतिहासिक कार्यभार पुरा गर्न पार्टी एकता भएको स्मरण गराउंदै नेताहरुलाई थप जिम्मेवारीका साथ एकताबद्ध हुन, सहमतिय पद्धति अवलम्बन गर्न, पार्टी पङ्ती र आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरेका छन् । प्रेस नोटमा स्थायी समितिमा ब्यक्त धारणाका कारण पार्टी पङती र आम नागरिकमा उत्पन्न चासो र चिन्ताप्रति नेकपा रुपन्देहीको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । कोभिड १९ को महामारी, सिमा समस्या र आर्थिक संकटलाई समाधान गर्न सिङ्गो राष्ट्रिय एकताका साथ अगाडी बढ्नु नै आजको कार्यभार भएको प्रेस नोट मार्फत नेताहरुलाई सम्झाईएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ९ : ४८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता