१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

हिमालय एयरलाइन्सको उद्धार उडान तालिका सार्वजनिक



काठमाडाैं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ ।

जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरुप उडान तालिका बनाइएको कम्पनीले उल्लेख गरेको छ ।

हिमालयले जुलाई २ तारिखमा माल्दिभ्सको मालेमा चार्टर्ड उडान गर्नेछ । जुलाई २, ४, ६, ८ र १० तारिखमा यूएईको अबुधाबी उडान गर्ने कार्यतालिका छ । जुलाई ५, ६, ९ र १० तारिखमा साउदी अरेबियाको दमामा उडान गर्नेछ । त्यस्तै जुलाई २, ५ र ९ तारिखमा कुवेत, जुलाई ४ र ७ मा कतारको दोहा, जुलाई ५ र ७ मा मलेसियाको क्वालालम्पुर र जुलाई ८ मा चीनमा चार्टर्ड उडान गर्ने जनाएको छ ।

यी उडानमा आउने यात्रुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्न आग्रह गरेको छ । हिमालयले जुन महिनामा पनि १० दिन चार्टर्ड उडान गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ६ : २८ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले