४ पुस २०८२, शुक्रबार | December 19, 2025

हिमालय एयरलाइन्सको उद्धार उडान तालिका सार्वजनिक



काठमाडाैं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ ।

जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरुप उडान तालिका बनाइएको कम्पनीले उल्लेख गरेको छ ।

हिमालयले जुलाई २ तारिखमा माल्दिभ्सको मालेमा चार्टर्ड उडान गर्नेछ । जुलाई २, ४, ६, ८ र १० तारिखमा यूएईको अबुधाबी उडान गर्ने कार्यतालिका छ । जुलाई ५, ६, ९ र १० तारिखमा साउदी अरेबियाको दमामा उडान गर्नेछ । त्यस्तै जुलाई २, ५ र ९ तारिखमा कुवेत, जुलाई ४ र ७ मा कतारको दोहा, जुलाई ५ र ७ मा मलेसियाको क्वालालम्पुर र जुलाई ८ मा चीनमा चार्टर्ड उडान गर्ने जनाएको छ ।

यी उडानमा आउने यात्रुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्न आग्रह गरेको छ । हिमालयले जुन महिनामा पनि १० दिन चार्टर्ड उडान गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ६ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको