१४ आश्विन २०८३, बुधबार | September 30, 2026

आन्तरिक वायुसेवा कम्पनीहरूद्वारा सङक्रमणरहित उडानको प्रतिबद्धता



काठमाडौं । आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि सङ्क्रमणरहित उडानको प्रतिबद्धता जनाएका छन् ।

नेपाल वायुसेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणरहित उडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कोभिड–१० सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य तथा हातेमालोका लागि निरन्तर तयार रहेको जनाएको छ ।

वायुसेवा कम्पनीले स्वास्थ्य मन्त्रालय र नियामक प्राधिकरणले सुझाएको निर्देशिकाअनुरुप पूर्ण सावधानीका साथ हवाई सेवा सञ्चालन गरिरहेको सङ्घको भनाइ छ । सङ्क्रमणलाई मध्यनजर गर्दै प्राधिकरण सहज सरल उडानका लागि प्रतिघण्टा आठ वटा उडानको मात्र तालिका सञ्चालन ल्याएको छ । त्यसअनुरुप बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्लटअनुसार काठमाडौंबाट उडान हुने अवस्था रहेकाले काठमाडौँँ तथा बाहिरी विमानस्थलमा यात्रुको चाप न्यून देखिएको र विमानस्थलका उच्च अधिकारीबाट हरेक दिन अनुगमन भइरहेको जनाइएको छ ।

विगत केही सातादेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाटोघाटो क्षति पु¥याएको तथा कतिपय डाइभर्सन बगाउनुका साथै पुलमा क्षति पुगेको अहिलेको परिस्थितिमा वायुसेवा कम्पनी सहज भाडा दरमा यात्रु ओसारपसार गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

अहिले दैनिक एक हजार २०० भन्दा बढी यात्रु आवतजावत गरिरहेको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : ५६ बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य

काठमाडौँ । सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा

बुटवल रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबलमा पुलिसको लगातार दोस्रो जित

बुटवल । विभागीय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी मदन