७ आश्विन २०८३, बुधबार | September 23, 2026

संसद अधिवेशन आजै साँझबाट अन्त्य गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

केहीबेर अघि बसेको मन्त्रिपरिषद्को बैठकले आजै बिहीबार बेलुका ५ बजेबाट अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र जारी अन्तसंघर्षकै बीच सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए ।

अधिवेशन अन्त्य भएसँगै प्रधानमन्त्री ओलीलाई आफुअनुकुल अध्यादेश जारी गर्न बाटो खुल्ने भएको छ ।

सरकारले गत बैशाखमा ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी विधेयक पार्टीभित्र र बाहिरको चर्को विरोधका कारण फिर्ता लिएको थियो ।

संसद अधिवेशन अन्त्य भएसँगै प्रधानमन्त्रीले सो विधेयकलाई अध्यादेशको रुपमा पुनः जारी गर्नसक्ने अवस्था रहने छ । यो अध्यादेश जारी भएमा कुनै पनि राजनीति दल विभाजनका लागि ४० प्रतिशत संसद सदस्य या पार्टी केन्द्रीय कमिटीको ४० प्रतिशत सदस्यको सहमतिसहितको हस्ताक्षर भए पुग्ने छ ।

यसअघिको प्रावधानअनुसार राजनीति दल विभाजन गर्न संसदीय दल र पार्टी केन्द्रीय कमिटीमा ४० प्रतिशत सदस्यको सहमति आवश्यक पथ्र्यो ।

पार्टीभित्रको जारी विवादका बीच यदि यो अध्यादेश जारी भएमा नेकपाको अन्तसंघर्ष नयाँ मोडमा प्रवेश गर्नेछ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपाको स्थायी समितिको बैठक बसिरहेको छ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  १ : ०४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११